logo
  • शुक्रबार, असोज ९ २०८३

अविरल बर्षाले पुराएको क्षतिप्रति एमाले गुल्मीद्धारा दुःख व्यक्त : उद्धारमा लाग्न आग्रह


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी श्रावण १२।
नेकपा एमाले जिल्ला कमिटी गुल्मीले लगातारको अविरल बर्षाले गुल्मी जिल्लाभर भएको मानविय तथा भौतिक क्षति प्रति दुःख ब्यक्त गरेको छ । बिज्ञप्ती जारी गर्दै नेकपा एमाले गुल्मीले जिल्लाका बिभिन्न स्थानमा पहिरोमा परि ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै संभावित दुर्घटनाबाट सचेत रहन सवै कार्यक्रताहरुलाई आग्रह समेत गरेको छ । नेकपा एमाले गुल्मीका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तद्धारा जारी शोक बक्तब्यमा यस बर्ष गुल्मी जिल्लामा बाढी पहिरोमा कारण घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

साथै जिल्ला कमिटीले प्राकृतिक प्रकोपमा कारण घाईते भएका एवं उच्च जोखिममा रहेका घर परिवारहरुको उद्धारमा जुट्न सबैलाई आग्रह गरेको छ । साथै पिडीतहरुलाई तत्काल राहत उपलब्ध गराउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

जिल्लाको हस्तिचौर गाविस १ मल्दीमा साउन ११ गते पहिरोले भीमबहादुर दर्जीको घर बगाउँदा उनकी ६२ वर्षीया दिदी कालिका दर्जी, ४९ वर्षीया पत्नी तुलसी दर्जी र १९ वर्षीया बुहारी अस्मिता दर्जीको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै बिशुखर्क गाविस ९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपालबहादुर रानाको घर बगाउँदा उनका ९ वर्षीय छोरा सुजन राना र ७ वर्षीया छोरी सिमाना रानाको पनि घटना स्थलमै मृत्यु भएको थियो भने जिल्लाको पश्चिमी गाविस ह्वाङदी गाविसमा पनि पहिरोले पुरिएर २ जनाको ज्यान गएको थियो ।

हवाङदी गाविस ३ मा पहिरोले पुर्दा स्थानीय ४५ बर्षिय बिष्णु प्रसाद घिमिरे र १३ बर्षिय आशा घर्तीको ज्यान गएको छ । केही दिन देखिको अविरल बर्षाले जिल्लाको जोहाङ्ग गाविस २ उल्लीखोलामा बाढीले २ घर बगाएको छ । ५७ घर बिस्थापीत बनेका छन् । त्यस्तै सयौ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन । गुल्मी जिल्लामा मगंलवार ७ जना सहित यस बर्ष अहिलेसम्म १० जनाको बाढी पहिरोमा परि ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend