logo
  • शुक्रबार, असोज ९ २०८३

तिनाउमा उर्लियो बाढी, पाल्पामा ६ घर पहिरोले पुरिदा किशोरीको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कपिल ज्ञवाली, बुटवल श्रावण ११।
रातभरको भारी वर्षापछि बुटवलको तिनाउ नदिमा पानीको सतह अप्रत्याशित ढंगले बढेको छ । नदीले छेउछाउको बस्ती समेत काटेको छ । मानबिय क्षति अहिलेसम्म नभएपनि बुटवल १३ बुद्धनगरको बस्तीमा बाढि पसेपछि स्थानियहरु सुरक्षित स्थानमा पुगेका छन् ।
tinaaaaa
सतह बढेपछि पाल्पाको दोभानबाट साईरन बजाईएको छ । भने रुपन्देहीमा रहेका ३ वटा साइरन पनि बजाइएको छ । बुटवल १३ को हात्तिसुढमा तिनाउले छेउको बांकी भाग कटान गरेर बस्ती सम्म क्षति पुर्याएको प्रहरीले जनाएको छ । तिनाउको किनारमा ११ हजार सुकुम्बासी बस्ने भएकोले उनीहरू जोखिममा छन् ।
tianu
तिनाउमा यो वर्षकै ठूलो बाढी आएको स्थानियले बताएका छन् । अहिले तिनाउ आसपासमा प्रहरी परिचालन गरेर स्थानियलाइ बस्तीमा जान रोक लगाइएको छ । बुटवल १३ को झोलुब्गे पुलको बुद्धनगरपट्टिको भागको जग ­खम्बा) बाढिले कटान गरेपछि पुल नै भत्कने खतरा बढेकोछ ।

tinau btlपाल्पा दोभानमा ६ घर पहिरोले पुरिदा एक किशोरीको मृत्यु त्यस्तै पाल्पा दोभान १ मा रहेको कामीटोलमा पहिरोले ६ घर पुरेको छ भने १ जना किशोरीको ज्यान गएको छ । सो टोलका अन्यघरमा समेत पहिरोले क्षति पुर्याएको छ भने कक्षा ९मा पढ्ने १५ बर्षिय अस्मिता बिकको मृत्यु भएको दोभान प्रहरीले बताएका छन् ।
manxeee
गएरातीदेखि पारिरहेको भारी बर्षाका कारण क्षति भएको हो । स्थानियले भने राती ४ बजेमात्रै पहिरोले पुरेका थाहा पाएका थिए ।सो टोलका टेक ब बिक,अमर बुढा,इन्द्र खत्री ,हरिलाल परियार ,किसान बिकको घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा उद्धार शुरु गरेको छ ।

tt

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend