logo
  • शुक्रबार, असोज ९ २०८३

अपडेट : गुल्मीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ७ पुग्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी श्रावण ११।
सोमवार रातीबाट परेको अबिरल वर्षा सगै गएको पहिरोमा पुरिएर गुल्मीमा ७ जनाको मृत्यु भएको छ । जिल्लाको हस्तिचौर १ मल्दीमा भिम बहादुर दर्जीको घर पुरिदा एकै घरका तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारि दिनुभयो ।

पहिरोले पुरिएर हस्तिचौर १ मल्दीका ४९ वर्षिय तुलसी दर्जी बुहारी १९वर्षिय अस्मिता दर्जी र ६२ वर्षिय कालिका दर्जी रहेका छन् । पहिरोले सोहि ठाउकै ५० वर्षिय बिष्णू सारू घाईते भएका छन् । पहिरोले पुरिएर गुल्मीकै बिश्वखर्कमा दुई जनाको मृत्यु भएको छ । बिश्वखर्क ९ का गोपाल रानाको घर पुरदा उनका छोरा ८ वर्षका सुजना राना र ६ वर्षका सिमना रानाको मृत्यु भएको नेपालले जानकारि दिनुभयो ।

पहीरोले पुरदा हवाङदी ३ मा २जनाको ज्यान गएको छ । हवाङदी ३ का ५५ वर्षका बीष्णु घीमीरे र १३ वर्षकी अाशा घर्ती रहेका छन् । यस्तै गुल्मीको हस्तिचोर गुर्वामा एक शब फेला परेको छ । अन्दाजी ५५ वर्षको पुरुषको शब फेला परेको प्रहरिले जनाएको छ । अबिरल वर्षाले गुल्मीको चोरकाटे र जुनियाँमा दुईवटा पक्की घर बगाएको छ ।

वर्षाले चोरकाटे, उल्लीखोला, रिडी, भुवाचीदी, छल्दीपनाहा लगायता खोला किनारका दर्जनौ घर उच्च जोखीममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend