logo
  • शुक्रबार, असोज ९ २०८३

प्यूठानमा बाढी पहिरोले ठूला क्षति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

नरेश के.सी., लुम्बिनी  श्रावण ११ ।
देशैभरी बाढी पहिरोले त्रास मच्चाइरहदा प्यूठानमा लगातार परिरहेको बर्षातले मानव समुदायमा ठूला क्षति पुराएको छ । सोमबार रातीदेखी लगातार परेको पानीले प्यूठानको पुजा , खुंग गाविसका मानव बस्ती अत्यन्तै जोखिममा परेका छन् ।

लगातारको पानीको कारणले अहिले पुजा गाविसको वडा नम्बर ७ को बराबांग, खोरपाता, सीम, बादरा, कुरिला चौंर, ओढारबांग, ठाडेविसौनि क्षेत्रमा पहिरो झरेको छ । पहिरोको कारण पुजा गाविसको वडा नम्बर १, २, ४, ७ का खानीखोला क्षेत्र आसपासका बस्ती अत्यन्तै जोखिममा परेका छन् । वडा नम्बर १ को बादंरा, काफलबासको उत्तरपश्चिमी क्षेत्र र वडा नम्बर ७ को बराबांग, सीम, खोरपाता, ठाडीविसौनामा ठूलो पहिरो गएको छ ।

पहिरोको कारण खानीखोलाको बाहाव अत्याधिक बढेको छ । तल खोला माथी पहिरोको कारण पुजा ७ को गाऊफाटा क्षेत्रका वस्तीहरु अत्यन्तै जोखिममा परेका छन् । यसैगरी पुजा ७ कै कुरिला चौंरका मानव वस्ती पनि अहिले अत्यन्तै जाखिममा परेकोछ । उता सो क्षेत्रको स्थानिय ठूलाबेसी बजार पनि अहिले अत्यन्तै जोखिमा परेको छ ।

एकातिर खुंग खोला र अर्कोतिर खानीखोलाको स्थानिय मसानघाटमा मिसीएर आउदां झिमरुकको बहाव अत्याधिक बढ्न पुगेको छ । झिमरुकको बहावको कारण ठूलाबेसीको बजार अहिले अत्यन्तै जोखिममा छन् । सो क्षेत्रका सयौं घरका मानिसहरु रातीदेखी माथी खुंगको पहिरो तल झिमरुकको बहावको कारण जागराम बसेका छन् । सदरमुकाम खलंगादेखी ठूलाबेसी जाने सडक खण्डका धेरै ठाऊमा पहिरो झर्दा सो क्षेत्रमा यातयात आवगमन पनि रोकीएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend