logo
  • शुक्रबार, असोज ९ २०८३

सामुदायिक वन उपभोक्ता समितीको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गणेश थापा, बाग्लुङ श्रावण ११।
बागलुङको डुडेवाचौर सामुदायिक बन उपभोक्ता समिती दगातुम्डाँडा ७ को बैठक सम्पन्न भएको छ । बैठकमा लेखा समितीका सँयोजक बिष्णुप्रसाद खरेलले आर्थिक बर्ष २०७२/७३ को सामाजिक लेखा परिक्षण गरिएको जानकारी गराउदै ९ लाख २७ हजार रुपैयाँ बराबरको आयब्यय बिवरण प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा कार्यसमितीका अध्यक्ष कृष्ण प्रसाद खरेलको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै लेखा समितीका सचिव मायाँ घिमिरे, कोषाध्यक्ष मन बहादुर थापा, सदस्य सुवेदार रत्न बहादुर क्षेत्री, पुर्ण बहादुर सापकोटा लगायतको उपस्थिती रहेको थियो । बैठक लेखा समितीका सँयोजक बिष्णु प्रसाद खरेलको अध्यक्षता, तथा उपाध्यक्ष मेघनाथ खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend