साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ श्रावण १० ।
नेकपा माओवादी (बिप्लव)ले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव बागलुङ सदरमुकाममा पूर्ण रुपमा परेको छ। नेपाल बन्दका कारण बागलुङको जनजीवन प्रभावित भएको छ । बागलुङवाट लामो तथा छोटो दुरीका लागि छुट्ने र बागलुङ प्रवेश गर्ने सवारी साधनहरु सबै ठप्प छन् ।
उद्योग कलकारखाना, शिक्षण संस्था, बजार, व्यवसाय समेत बन्द छ । सम्पुर्ण सुकुम्बासीहरुको समस्या राज्यले नसुनेको, बर्बर दमन गरेको र नेपालीको पछिल्लो राजनीतिक घटनाक्रमको बिरोधमा सोमबार नेपाल बन्दको घोषणा गरेको माओवादीले बिप्लबले जनाएको छ । आजको बन्दले एम्वुलेन्स, दुध, प्रेस,सवाधी साधनलाई भने संचालन हुन दिएको जनाएको छ ।
नेकपा माओवादी बिप्लवको बन्दले सदरमुकाम पुर्ण रुपले बन्द गराएको छ । बाग्लुङको पश्चिम गल्कोट खर्वाङ भिमगिठे तथा बुर्तिबाङमा बन्दको कुनै पनि प्रभाव परेको छैन । ग्रामीण स्थानमा सबारी सधान तथा यस क्षेत्रका शिक्षण संस्था कलकारखाना बैक तथा अन्य बितिय संस्था सञचालनमा आएको बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend