logo
  • शनिबार, भाद्र २० २०८३

धनकुटा प्रवासी सेवा समाज कतारद्वारा महराको बिदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रबिन थापा मगर, कतार ।
धनकुटा प्रवासी सेवा समाज कतारले आफ्नो केन्द्रिय सदस्य तथा गायक राजेन्द्र महराको बिदाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष ललित लिम्बुको अध्यक्षतामा मुन्तजा पार्कमा भएको कार्यक्रममा प्रमुख अतिथी बिदाई भएर जानुहुने राजेन्द्र महरा बिशेष अतिथि धनकुटा प्रवासी सेवा समाज दोहा कतारका सल्लाहकार संयोजक तुलसी सुबेदी र अतिथिहरुमा सल्लाहकारहरु डि.एन. मगर रहनु भएको थियो ।
mahara bidai
संस्थाका कोषाध्यक्ष पदम कुमार घिमिरेले स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा बक्ताहरुले बिगत २ बर्ष अघिदेखी धनकुटा प्रवासी सेवा समाज कतारमा आबद्धता जनाई संस्थाको साँस्कृतिक र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए । गायक महरा पाख्रिबास नगरपालीका वडा नं. ६ धनकुटा स्थायी घर भई विगत १० वर्ष देखी कतारमा कार्यरत हुनुहुन्थ्यो । अब वहाँ कतार नफर्कने गरि नेपाल जादै हुनुहुन्छ । गायक महरा दोहा कतारमा नै एक चर्चित गायकको रुपमा परिचित हुनु हुन्थियो । वहाँले २ भन्दा बढि एल्बममा स्वर दिई ४ वटा भन्दा गित रेकर्ड गराई सक्नुभएको छ । हालै धनकुटा प्रवासी सेवा समाज कतारद्धारा प्रस्तुत “सपना” एल्बममा पनि वहाँकोे स्वर सुन्न सकिन्छ ।

संस्थाका का.बा. अध्यक्ष ललित लिम्बुले खादा ओडाई केन्द्रिय सदस्य महराले धनकुटा प्रवासी सेवा समाज कतारमा गर्नुभएको योगदानको चर्चा गर्दै कदर पत्र प्रदान गर्नुभएको थियो भने सल्लाहकार संयोजक तुलसी सुबेदीले संस्थाको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । ब्यक्तिगत रुपमा मायाको चिनो प्रदान का. बा. अध्यक्ष ललित लिम्बु र मोतिराम पाँचकोटीले प्रदान गर्नुभएको थियो । बिदाईको क्रममा सस्थाका पदाधिकारी हरु डिल्ली सुवेदी, दिवस याखा, सारुक सुन्दास,रामजी आचार्य, मन्दिप राई, प्रेम जिमि तथा शुभचिन्तकहरु अग्नी तामाङ्ग र राजकुमार लिम्बुले पनि शुखद भबिश्यको कामना गर्दै शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख बिदाई भएर जानुहुने केन्द्रिय सदस्य तथा गायक राजेन्द्र महराले बिदाई मन्तब्य राख्दै कतारमा आएर धनकुटा प्रवासी सेवा समाजमा आबद्ध हुन पाउनु आफ्नो भाग्य हो र आज यसरी सम्मानका साथ बिदाई कार्यक्रम राखेकोमा अत्यन्त हर्सित भएको र आफु जहाँ रहेपनि धनकुटा प्रवासी सेवा समाजलाई कहिल्यै भुल्न नसक्ने र सामाजिक कार्य पनि लागिरहने बताउनु भयो । कार्यक्रम संस्थाका महासचिव रञ्जिब थापाले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend