साझा नेटवर्क
कविता घर्तीमगर, कास्की श्रावण १०।
कास्कीको लेखनाथमा कुकर बम फेला परेको छ । कुुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । लेखनाथको मजुवा र लामेआलको बिचमा बम राखेको प्रहरीले जानकारी दिएको छ । पोखराबाट कालिभञ्याङ गण र सिद्धिबक्स गणबाट गएको टोलीले बमलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । पृथ्वीराजमार्गको करिब १० मिटर तल बम फेला परेको थियो । कुकर बमबाट करिब १० लामो तार पनि रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बन्द कर्ता नेकपा माओवादीले राखेको हुन सक्ने बताएको छ । नेकपा माओवादी विप्लव समुहको आह्वानमा आज नेपाल बन्द हुदा पोखराको जनजिवन प्रभावित भएको छ ।
बन्दको कारण लामो तथा छोटो दुरीका सवारी नचल्दा यात्रुले सास्ती खेप्नुपरेको छ भने बजार, पसल, कलकारखाना, शिक्षणसंस्था सबै ठप्प हुदा ब्यवसायी र सेवाग्राही समेत मर्कामा परेको हो । सम्पुर्ण सुकुम्बासीहरुको समस्या राज्यले नसुनेको, बर्बर दमन गरेको र नेपालीको पछिल्लो राजनीतिक घटनाक्रमको बिरोधमा सोमबार नेपाल बन्दको घोषणा गरेको माओवादीले जनाएको छ । पोखरा क्षेत्रको सडकमा बन्दकर्ताको उपस्थिति नदेखिए पनि चोकचोकमा भने सुरक्षाकर्मी बाक्लो मात्रामा परिचालन गरिएको छ । पोखरा भित्र केही सवारी साधन फाट्टफुट रुपमा सन्चालनमा भएका छन् ।
त्यस्तै प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यका अनुसार पोखराबाट दुई जना बन्द कर्तालाई नियन्त्रणमा लिईएको छ । विहानै सडकमा टायर बाल्न खोज्ने दुई जनालाई नागढुङ्गाबाट नियन्त्रणमा लिईएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । सडकमा निस्किएर अबरोध गर्न खोज्ने बन्दकर्तालाई अहिले सम्म ६ जनालाई नियन्त्रणमा लिएको उनले बताए । बन्द भने साझ पाँच बजेपछि खुल्ने पार्टीका कास्की सचिव पुर्ण्जित पुन मगरले बताएका छन ।
त्यस्तै नेपाल बन्दको प्रभाव बागलुङ सदरमुकाममा पनि पूर्ण रुपमा परेको छ । नेपाल बन्दका कारण बागलुङको जनजीवन प्रभावित भएको छ भने बागलुङवाट लामो तथा छोटो दुरीका लागि छुट्ने र बागलुङ प्रवेश गर्ने सवारी साधनहरु ठप्प छन् । उद्योग कल कारखाना, शिक्षण संस्था, बजार, व्यवसाय बन्द छ ।आयोजकले एम्वुलेन्स, दुध, प्रेस, लगाएत अतिआवश्यीय सवारी साधनलाई भने संचालन हुन दिएको जनाएको छ ।नेकपा माओवादी बागलुङले बन्द सफल बनाउन विहान देखी आव्हान सहित बागलुङ बजारका बिभिन्न स्थानमा पर्चा र पम्पलेटिङ तथा माइकिङ गरिरहेको छ ।
बाग्लुङको दोस्रो ब्यपारिक केन्द्रका रुपमा परिश्चित बुर्तिवाङ बजारमा विहानै देखी नेपाल बन्दको कुनै प्रभाव नपरेको खवर स्थानिय पत्रकार बिमल खड्काले जानकारी दिएका छन् । बर्षातको समयमा कच्चीसडकहरु हिलाम्य भएकोले सवारी साधनहरु त्यति नचलेपनि बजार खुल्ला रहेकोले कुनै प्रभाव नपरेको उनले बताए । यसैगरी जिल्लाको मध्यकेन्द्र रहेको गल्कोटको हटिया बजारमा पनि बन्दको खासै असर नपरेको गुमान सिँह भण्डारीले जानकारी दिएका छन् । गल्कोट उपत्यकामा सवारीहरु पनि सन्चालनमा कुनै अवरोध नभएको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend