logo
  • शुक्रबार, असोज ९ २०८३

डा केशीको समर्थन देखाउन र्यालीमा बिद्यार्थी प्रयोग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, श्रावण ९ ।
सोलिडारिटी फर गोविन्द केशीको आयोजनामा उनको जीवन रक्षाको माग गर्दै बिद्यार्थीको जुलुस निकालिएको छ ।

1१४ दिनदेखि आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा साउन ९ गते सदरमुकाम तम्घासमा रहेका केहि सरकारी र गैरसरकारी बिद्यालयहरुले बिद्यार्थीहरुलाई ¥यालीमा सहभागी गराएका हुन् । सरकारी बिद्यालय सिद्धबाबा उमाविको कक्षा ८ का बिद्यार्थी बविल रेश्मीले डा केशीको आन्दोलनमा जान भनेकाले ¥यालीमा सहभागी भएको बताए ।
2
आर्दश बिद्या आश्रमको कक्षा ९ मा अध्ययन गर्ने गगन थापाले तीन बजे आन्दोलनमा बोलाएकाले आएको बताए । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बिद्यालयको समयमा बिद्यार्थीलाई कुनै पनि ¥याली, सभा वा आन्दोलनमा सहभागी गराउन नपाइने बताए । उनले बिद्यार्थी सहभागी गराउने बिद्यालयका प्रअहरुलाई तत्काल बैठक बोलाएर स्पष्टिकरण लिएको समेत जानकारी दिए । मैले बैठक डाकेपछि प्रअहरुले गल्ती स्विकार गर्नुभयो, खनालले भने जिल्लाका सवै बिद्यालयमा यो अवस्था हुन नदिन तत्काल परिपत्र गर्छौ ।

महेन्द्र उमाविका प्रचार्य केशर बहादुर थापाले बिद्यालयको अन्तिम पिरियड भएकाले बिद्यार्थी सहभागी गराएको जानकारी दिए । जिल्ला प्रसासन कार्यालय गुल्मीका प्रजिअ उदय बहादुर रानाले जिल्ला शिक्षा अधिकारीलाई फोन गरेर तत्काल त्यो रोक्न र प्रअसंग छलफल गर्न आग्रह गरेको बताए । मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलका मानव अधिकृत चन्द्र चापागाईले बिद्यार्थीको पठनपाठन नै बन्द गरेर कुनै पनि क्रियाकलापमा बिद्यार्थी सहभागी गराउन नपाइने बताए । उनले बिद्यार्थी प्रयोग भएको जानकारी पाउने बित्तिकै जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गराएको बताए ।

डा केशीले उठाएका विभिन्न माग लेखिएको प्लेकार्ड सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । यसैबिच जिल्ला अस्पताल तम्घासमा कार्यरत कर्मचारी र औषधी व्यावसायीहरुले साउन ८ गते साँझ मैनबक्ति जुलुस निकालेका छन् । केसीको विग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै माग सम्बोधन गरी जीवन रक्षाको लागि अबिलम्ब पहल गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रह गरिएको छ ।

नेपालको स्वास्थ्य सेवा र शिक्षामा भइरहेको विकृती रोकी सुधारको प्रक्रिया अविलम्ब थालनी गर्नुपर्ने माग सहित केसी गत ०७३ असार २६ गतेबाट आमरण अनसन बसेका छन् । यसअघि सात पटक आमरण अनसन बसिसकेका केसीको माग सम्बोधन तर्फ सरकारी प्रतिबद्धता पूरा भएका छैैनन । लगातारको अनसनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन थाल्ने तर राज्य उदाशिन देखिनु गम्भिर मानव अधिकार उल्ङ्गघन भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend