साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी श्रावण ९।
१४ दिनदेखि आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै जिल्ला अस्पताल तम्घासमा कार्यरत कर्मचारी र औषधी व्यावसायीहरुले साउन ८ गते साँझ मैनबक्ति जुलुस निकालेका छन् । केसीको विग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै माग सम्बोधन गरी जीवन रक्षाको लागि अबिलम्ब पहल गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रह गरिएको छ ।
नेपालको स्वास्थ्य सेवा र शिक्षामा भइरहेको विकृती रोकी सुधारको प्रक्रिया अविलम्ब थालनी गर्नुपर्ने माग सहित केसी गत ०७३ असार २६ गतेबाट आमरण अनसन बसेका छन् । यसअघि सात पटक आमरण अनसन बसिसकेका केसीको माग सम्बोधन तर्फ सरकारी प्रतिबद्धता पूरा भएका छैैनन । लगातारको अनसनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन थाल्ने तर राज्य उदाशिन देखिनु गम्भिर मानव अधिकार उल्ङ्गघन भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

डा. केसीले अघि सारेका अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षा ऐनको मस्यौदामा रहेका सबै सरकारी मेडिकल शिक्षण संस्थाको आर्थिकभार सरकारले व्यहोर्दै तीनमा सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौँ उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाको मनसायपत्र नवीकरण रोक्नुपर्ने लगायतका माग जायज भएकाले अविलम्ब पुरा गर्न उनीहरुले माग गरेका छन् ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend