साझा नेटवर्क
काठमाडौँ, श्रावण ८।
बिगत लामो समय देखि माओबादि पार्टीमा राजनीति गर्दै आएका जनक बर्तौला हक्की र निडर स्वभावका व्यक्ति हुन । सधै अन्यायको बिरुद्दमा आवाज उठाउने उनि माओबादी पार्टीका मजदुर नेता समेत रहेका छन । अन्याय र अत्याचारको बिरुद्द सधै अगाडी बढ्ने जनक बर्तौला माओबादी पार्टी बाट प्रदेश नम्बर ३ को खेलकुद बिभाग फ्रयाक्सन समितिका इञ्चार्ज समेत मनोनयन भएका छन ।
विभिन्न समयमा विभिन्न कार्य गरेर होस वा फेसबुक स्टाटसले सधै चर्चामा रहने जनक बर्तौला एक कुशल खेलाडी समेत हुन, क्योकुसिन करातेको प्रशिक्षक समेत रहेका जनक बर्तौला खेलाडी मात्र नभएर पर्यटन ब्यबसायी र कलाकार समेत हुन । पछिल्लो समय नेपाल टेलिभिजन बाट प्रसारण हुने हास्य ब्यङ्ग टेली चलचित्र हाक्का हाक्किमा जनक डनको भूमिका बाट एका एक चार्चामा आएका जनक समाजसेवामा पनि त्यतिकै झुकाब राख्दछन ।
अहिले सरकार परिबर्तन हुने गर्मा गर्मि चलिरहेको बेला मजदुर नेता भन्छन गठबन्धन सरकार परिबर्तन हुनु भनेको सामान्य कुरा हो लोकतन्त्रमा हामीले यो कुरामा अनाबश्यक हल्ला गर्नु पर्ने जरुरत नै छैन, यो एउटा राजनीति अभ्यास पनि हो । गठबन्धन सरकार भनेको पार्टीलाई चित्त बुज्दो हुन्जेल सम्म मात्र सहकार्य गर्ने हो । सरकार भनेको जनताको हितमा काम गर्ने हुनु पर्छ नाकी उखान टुक्का मात्र जोडेर कडा बोलेर मात्र जनतालाइ मुर्ख बनाउने काम गर्ने र यस्तो परिस्थितिमा सहकार्य गर्न पनि सकिन्न ।
उनि भन्छन आफ्नो पार्टीले अहिले आएर सहि निर्णय गरेको र अब बन्ने सरकार पनि माओबादीको नै नेतृत्वमा बन्ने र नेपाली जनताको हितमा काम गर्नेमा उनि बिस्वस्त पनि छन । उनि भन्छन यस्तो परिस्थितिमा नेपालि जनतालाई धैर्य गरि बसिदिनु हुन र नेपालि जनताको अनि सर्बहारा बर्गको माओबादि पार्टी भएकोले साथ र समर्थन गरिदिनु हुन पनि आग्रह गर्छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend