logo
  • शनिबार, साउन ३० २०८३

नियमावली बनाउदा इलाम जानु भाथ्यो : रमेश लेखक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं , श्रावण  ८।Ramesh-Leakhak

नयाँ सरकार गठन गर्नेप्रावधान संविधान नियमावलीमा छैन भन्ने एमाले नेता सुवास नेम्वाङको भनाइको खण्डन गरेका छन् नेपाली कांग्रेसका नेता रमेश लेखकले ।व्यवस्थापिका संसदको शनिबारको बैठकमा बोल्दै कांग्रेस नेता लेखकले सुवास नेम्वाङको नाम नलिई ‘संविधानसभाका पूर्वअध्यक्ष’ भन्दै प्रश्न गरे- ‘व्यवस्थापिका संसदको नियमावली बन्दा कहाँ हुनुहुन्थ्यो ? इलाममा हुनुहन्थ्यो कि मलाई थाहा भएन ।’

संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सकिने संविधानमा स्पष्ट व्यवस्था रहेको लेखकले दाबी गरे। आफूले राति अबेरसम्म संविधान र नियमावली पढेर आएको भन्दै लेखकले व्यवस्थापिका संसद नियमावलीको नियम ४९ मा प्रधानमन्त्रीको पटक-पटक निर्वाचन गर्न सकिने प्रावधान रहेको बताए ।

साथै नियमावलीको अनुसूचीमा प्रधानमन्त्रीको सपथको व्यवस्था गरिएको भन्दै उनले नयाँ प्रधानमन्त्रीको परिकल्पना नगरिएको भए सपथग्रहण ग्रहण कसका लागि भन्ने प्रश्न गरे । अविश्वासको प्रस्तावबाट हट्ने प्रधानमन्त्रीले सपथ खाने होइन होला भन्दै उनले व्यंग्य गरे ।

सभामुख ज्यू राष्ट्रपतिलाई दुख नदिऔं

कानूनविदसमेत रहेका कांग्रेस नेता लेखकले  नयाँ सरकार गठन व्उयवस्थापिका संसदले नै गर्न सक्ने भन्दै यसमा राष्ट्रपतिलाई दुख दिइराख्न जरुरी नरहेको बताए । उनले भने- राष्ट्रपतिले सरकार गठनको आह्वान गरिराख्नुपर्दैन, उहाँलाई किन दुख दिने ?

सभामुखज्यू यो दुःख हजुर आफैंले बोके हुन्छ, यही व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्न सक्छ ।’पैसा लिएर पक्ष विपक्षका बारेमा बहस गर्ने वकिलहरु पनि व्यवस्थापिका संसदमा रहेको बताउँदै लेखकले भने- ‘संविधानका दुई शब्दको वीचमा प्वाल पारेर संवैधानिक संकट निम्त्याउने काम नगरौं ।’

केपी ओलीको नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयनको काम नगरेको लेखकले बताए । संसदमा ओली र प्रचण्डको सम्बन्धको विषयमा होइन, सरकारले गरेका कामका बारेमा छलफल हुनुपर्ने लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend