logo
  • शनिबार, साउन ३० २०८३

परिवर्तनको लागि मोडलिङ क्षेत्रमा प्रवेश गर्दैछु – मोडल खान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द काठमाडौँ श्रावण ७।
समाजमा केहि गर्नु छ भने परिबर्तन आफै बाट सुरु गर्नु पर्छ भन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी नब मोडल हुन राजिया खान । हुन त उनि पेशाले स्वास्थ्य क्षेत्रमा संलग्न छिन तर आफुलाई मन पर्ने पेशा भनेको मोडलिङ क्षेत्र अर्थात सिने नगरी भएकोले यहि क्षेत्रमा भबिष्य बनाउने सोचका साथ उनि अहिले मोडलिङ पेशालाई अंगाल्दै अगाडी बढेकी छिन ।
rajiya khan1
भर्खर मात्र २० औ बसन्तमा प्रवेश गरेकी मोडल रजिया लम्जुङ्ग बाट आफ्नो भबिष्य निर्माण गर्न काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी छिन । मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल रजिया खान अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात मेहनत गरिरहेकी छिन र त्यसै अनुरुप यो क्षेत्रमा परिबर्तन गर्ने सोचका साथ लागि परेकी छिन ।
khan
नृत्य र अभिनयमा पोख्त रजिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

दर्जनौ स्टेज कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गरि सकेकी रजिया अहिले नया नया म्युजिक भिडियोमा समेत अनुबन्धित भई सकेकी छिन र मोडल रजिया अन्य कुनै म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन । सानै उमेर देखि नृत्यमा रुचि राख्ने रजिया अभिनयमा पनि आफु लाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन ।

रजियाले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend