आधा मुटु तिम्ले लग्यौ,आधा राखी के गरौं म ?
तिमी बिना अधुरो छु अब बाँची के गरौं म ?
तिमी सङ्गै रैछ खुशी , रैछ तिमी सङ्गै हाँसो
तिमी सङ्गै गयो सबै, याद बाँकी के गरौं म ?
नचाहेको कहाँ हो र , बिर्सन त मैले पनि
आयो चन्द्र झल्को बोकि, शिरैमाथी के गरौं म ?
रातै भरी तारा गनि , भुल्दा हामी जस्तै गरी
खस्छ तारा आज पनि उसै गरी के गरौं म ?

श्यामराज रानाभाट
नवलपरासी, नेपाल
हाल : कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend