logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको दुविचौर भंगेरीमा पहिरो जादा मुख्य सडक अबरुद्ध


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

pahiroटोपलाल अर्याल, गुल्मी श्रावण ७ ।
बर्षाका कारण अधिकाँश ग्रामिण सडक बन्द भएको त लामो समय नै भयो । पछिल्लो एक सातादेखि परेको अविरल बर्षाका कारण मुख्य तथा केहि शाखा व्यस्त सडक अबरुद्ध हुने क्रम जारी छ ।

आज फेरी दुविचौरको भंगेरीमा स्थानमा पहिरो गएपछि मुख्य सडक अवरुद्ध भएको छ । जसले गर्दा सदरमुकाम तम्घास भित्रने र बाहिरीने सवै यातयातका साधन बन्द भएको उद्धारमा पुगेको सशस्त्र प्रहरी गुल्ममा गुल्मपति दिग बिजय सुवेदीले जानकारी दिनुभयो ।

भंगेरीमा सडक चौडा गर्ने काम पनि भैरहेको थियो । सोहि स्थानमा माथिबाट पहिरो खसेको छ । सशस्त्र प्रहरीको टोलीले बाटो खुलाउने प्रयास गरीरहेको छ । स्काभेटर झिकाएर बाटो खुलाउन लागिएको छ । बिहिबार पनि सदरमुकाम तम्घास नजिकै ठुलो पहिरो गएर ३ घण्टा मुख्य सडक अबरुद्ध भएको थियो । दुई वटा डोजर, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ मात्र बाटो खुलेको थियो ।pahiro2

सदरमुकामबाट सिमिचौर जाने सडक पनि अबरुद्ध छ । पहिरो हटाउने क्रममा स्काभेटर समेत पल्टीएको छ । अहिले सम्म पहिरोले घर पुर्दा हस्चिौरमा एक जनाको ज्यान गएको छ । खोलाले बगाएर सदरमुकाम तम्घासमा एक बालको मृत्यु भएको छ । एक महिना देखि ग्रामिण सडक बन्द भएपछि सास्ती खेपीरहेका स्थानीय सर्वसाधरणहरु पछिल्लो समय झनै समस्यामा परेका छन् ।

उता बडिघाट खोलाको बहाव उच्च हुँदै गएपछि जोहाङ्ग गाविस २ को उल्लीखोला बजार नै खतरामा परेको छ । पानी परिरहेका कारण अबरुद्ध सडक खुलाउन थप समस्या भैरहेको छ । पानी पर्ने क्रम नरोकिए थप दुर्घटना हुने तर्फ सचेत हुनुपर्ने देखिन्छ ।pahiro1

तस्विर – एपिएफ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend