साझा नेटवर्क
काठमाडौँ, श्रावण ६ ।
काठमाडौँमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा एस के इन्टरटेनमेन्ट प्रालिले “मिसेस तामाङ २०१६” आयोजना गर्ने भएको छ । बिसेष गरि तामाङ समुदायका गृहणी, घरायसी, कामकाजी, शिक्षिका कर्मचारी ब्यबसायी हर तप्काका महिलाहरु लाइ लिएर गर्न लागिएको “मिसेस तामाङ २०१६” चाडैनै सुरु हुने भएको छ ।
प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ गृहणी, घरायसी, कामकाजी, शिक्षिका,ब्यबसायी महिलाहरुको आत्माबल बढाउन सहयोग पुर्याउने कुरा इभेन्ट म्यानेजर शान्ता तामाङ लामा बताउछिन ।
यस सौन्दर्य प्रतियोगीताले महिलाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन । “मिसेस तामाङ २०१६” को अडिसनको लागि फारम खुलिसकेको र चाडैनै अडिसन हुने शान्ता तामाङले जानकारी गराइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend