साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी श्रावण ६ ।
जिर्ण टीनको छाप्रोमा एक शिक्षक एक बिद्यार्थी भन्ने इस्मा दर्लामचौर गाविस ३ सिम्पानीको समाचार “साझा नेटवर्क” मा प्रकाशन एवं प्रसारण भएपछि जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण भएको छ ।

जिल्ला शिक्षा कार्यालय गुल्मीले बालशिक्षा त्यो अवस्थामा चल्न सक्ने नभएपछि सुन्तला देवि निमाविमा गाभ्ने निर्णय गरेको छ । कार्यालयको त्यस्तो निर्णय पछि बालशिक्षा अहिलेकै ठाउँ फर्काउन मंगलबार राजनितिक दल, बिद्यालय व्यावस्थथापन समिति, शिक्षिका सहितको टोली जिल्ला शिक्षा कार्यालयमा डेलिकेशन आएको थियो ।
जिल्ला शिक्षा अधिकारी मीत्रमणी खनालले समाचारले जिल्ला शिक्षा कार्यालयको समेत आँखा खोल्दिएकाले पहिलेकै दुर्दशामा बालशिक्षा संचालन नहुने बताउनुभयो । उहाँले आफुहरुले शिक्षिकालाई सुन्तला देवि निमाविमा पठाउने निर्णय गरिसकेको बताउनुभयो । नियम अनुसार बालशिक्षा संचालन गर्न २० जना बिद्यार्थी चाहिने भएकाले कम्तिमा १० जना बिद्यार्थी र सुरक्षित बिद्यालय भवन भए बालशिक्षा अहिलेकै ठाउँमा दिन सकिने खनालले बताउनुभयो ।
बिद्यालयय व्यावस्थापन समितिका सदस्य निर बहादुर विक, राजनीतिक दलको तर्फबाट कांग्रेसका पदम कुवंर, शिक्षिका विमला थापाले बिदाको समयमा भवन बनाउने र भर्ना भएका १५ जना मध्ये कम्तिमा १० जना बिद्यार्थी उपस्थित गराउने प्रतिबद्धता जनाउनु भएको छ । बिद्यालय निरिक्षक राम बहादुर थापाले बालशिक्षा संचालन गर्ने अधिकार र व्यावस्थापन गाविसको भएकाले प्रतिबद्धता अनुसार काम भए शिक्षाले गरेको निर्णय फिर्ता हुने बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend