साझा नेटवर्क
काठमाण्डौ, श्रावण ६ ।
एमाले निहुँ खोज्न आए मुकाविला गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले जहिले पनि निहुँ खोज्ने गरेको बताएका छन् । साथै उनले संसदमा अविश्वासको प्रस्ताव पास गर्ने क्रममा
कांग्रेस संसदीय दलको बिहीबार विहान बसेको बैठकको सुरुमा प्रमुख सचेचक चिनकाजी श्रेष्ठले एमाले सांसदहरुले रोष्टम घेर्दा कुनै प्रतिवाद नगर्न निर्देशन दिएका थिए ।लगत्तै संसदीय दलका नेता देउवाले सांसदहरुलाई सम्बोधन गरे ।
उनले एमालेले जहिले पनि निहुँ खोज्ने गरेको भन्दै चर्को आलोचना गरे । आफ्नोविरुद्ध अविश्वासको प्रस्ताव गर्दा होस वा मनमोहन अधिकारीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा होस एमालेले निहुँ मात्रै खोज्ने गरेको उनले सुनाए ।
सरकारले विश्वास गुमाइसकेपछि विधेयक पास गर्न खोज्नुको कुनै औचित्य नभएको भन्दै उनले निहुँ खोजे जवाफ दिन तयार भएर बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिए ।तर, कसरी जवाफ दिने भन्नेबारे देउवाले थप स्पष्ट पारेनन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend