साझा नेटवर्क
अनिल खत्री, गुल्मी श्रावण ५।
महिलाहरुको महान पर्व तिज पर्वलाई मध्यनजर राखेर लोकप्रिय गायक तथा गितकार सन्तोष केसीले भट्टीकी साहुँनी भन्ने नयाँ तिज गित सर्वजनिक गरेका छन् । केहि वर्ष पहिले बजार आएको उक्त गितलाई लय शब्दमा परिर्माजन गरेर उनले फेरि पनि सार्वजनिक गरेका छन् ।

चाडपर्वमा श्रीमतीहरु माइतजाँदा श्रीमानहरु भट्टीमा गएर ठन्न रक्सीको मातमा लाग्छन् भन्ने कथा बस्तुमा उक्त गित तयार गरिएको छ । रक्सीले धन सम्पती इज्यत सबै सक्दछ भन्ने यथार्थ सन्देस प्रवाह गर्न यो गितले मद्दत गर्ने गायक केसीले बताए । हाम्रो समाजमा श्रीमतीको आँखा छलेर श्रीमानहरु रक्सीको मातमा लागेर धेरै धन सम्पती वर्वाद पारि रहेकोले यस्ता घटनालाई खबदारी गर्नु यो गितमुख्य उदेश्य रहेको उनले बताए ।
गितमा रक्सीको मातमा लागेर उल्टै नखान भन्दा श्रीमानले श्रीमतीलाई कुटने जस्ता सामाजिक घटनाहरुलाइ खबदारी गर्ने उनले बताए । चाडर्व सगै हुने यस्ता सामाजिक बिकृतिलाई रोक्नु सबैको दायित्वलाईयो गितको प्रमुख उदेश्य रहेको प्रति गायक केसीको भनाई छ ।
गितमा केसीको आफनै लय शब्द रहेको छ भने गायक तर्फ आफ्नै स्वर र गायिका तर्फ राधिका हमाल, ज्ञानु मगरको रहेको छ । गितको म्युजिक भिडियो हास्य कलाकार कमल गाउँले, मेरी वास्सै की चम्सुरीको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend