साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ श्रावण ५।
बाग्लुङ जिल्लाको भिङगिठे गाउबिकास समितिमा रहेको स्थानिय शान्ति समिति भिङगिठेले आज एक कार्यक्रम आयोजना गरी बिरामी बोक्ने स्टेचर बितरण गरेको छ । गाबिसको प्रत्येक वडाहरुमा नभई मोटर बाटले नछोएका वडाहरुलाई लक्षित गरि बितरण गरिएको हो ।
बिरामी परेको बेला झनै बिरामीको ज्यान खतरामा नपरोस भनि जिल्ला बिकास समितिबाट बिनियोजन भएको २१ हजार ८ सयले उक्त बिरामी बोक्ने स्ट्रेचर खरिद गरि बितरण गरेको स्थानिय शान्ति समिति भिङगिठेका अध्क्षय कृष्ण भट्राईले बताए ।
गाबिसका बिकट वडाहरुमा नजिक स्वास्थय चौकी नहुदा र सुबिधा सहितको गाडी तथा बिरामी बोक्ने साधनको अभावका कारण गर्भवती महिला तथा बिभिन्न दुर्घटनामा परेका व्यक्क्तिको अकालमै ज्यान जाने गरेको छ । यसैलाई लक्षित गरि यस बर्ष स्थानिय शान्ति समिति भिङगिठेले यस्तो अभियान चलाएको हो । बिरामी परेको बेला सहि समयमा बिरामीलाई झनै बिरामी हुन नदिई बिरामीको स्वास्थयलाई मध्यनजर गर्दै यस्तो कार्य सञ्चालन गरेको हो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताले यो स्टेचर लगेर मात्र नभई सामाजमा पर्ने आपत बिपतमा सहि तरिकाले प्रयोग गर्ने सबैलाई आग्रह गरेका थिए । अहिले सम्म मोटर बाटोले नछोएका भिङगिठे गाबिसको वडा नम्बर २ वडा नम्बर ३ वडा नम्बर ६ , ७ र वडा नम्बर ९ लाई एक एक वटा बिरामी बोक्ने स्टे«चर बितरण गरिएको छ । भने अन्य वडाका लागी जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङको सहयोग र भिमगिठे स्वास्थ्य चौकी मार्फत बितरण गर्ने भिमगिठे स्वास्थ्य चौकीका प्रमुख बिपेन्द्र प्रताप केसीले बताउनुभयो ।
साथै यो काम पनि स्वास्थ्य सम्बन्धी भएकाले आफुले सक्दो सहयोग गर्ने बताए । यदी बिरामी भएमा नेपाल सरकार बाट निशुल्क उप्ल्बध औषधी प्रयोग गर्ने पनि सबैलाई सल्लाहा दिएका थिए । कार्यक्रममा नेपाली काग्रेस भिङगिठेका उपसभापति हेमराज चालिसे नेकपा एमालेका दिपक रायमाझी नेकपा माओबादी केन्द्रका भिङगिठे ईन्चार्ज जित बहादुर थापा सामाजसेबी दिपेन्द्र केसी पदम बिक दिनेश शर्मा पत्रकार बिमल खड्का कमल अधिकारी लगाएतले बोलेका थिए ।
कार्यक्रममा समाजसेबी नर बहादुर क्षेत्रीको स्वागतमन्तव्य स्थानिय शान्ति समिति भिङगिठेका अध्क्षय कृष्ण भट्राईको अध्क्षय भिमगिठे स्वास्थय चौकीका प्रमुख बिपेन्द्र प्रताप केसीको प्रमुख आथित्याता र सञ्चालन सदस्य दिपेन्द्र कुवंरले गनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend