logo
  • शनिबार, साउन ३० २०८३

इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबमा नेपालको सानदार जित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डौ, श्रावण ५।
राष्ट्रिय क्रिक्रेट  नेपाल द्रोरा  मैत्रीपूर्ण खेलमा  इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा नेपालका वसन्त रेग्मी र सागर पुनले तीन/तीन, सोमपाल कामीले दुई तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक\एक विकेट लिएका थिए ।Nepal-Vs-mcc

यसअघि इङ्ल्यान्डको लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउँदै पारी सम्हालेका थिए ।

 पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको थियो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए भने शक्ति गौचन शून्य रनमा अविजित रहेका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend