साझा नेटवर्क
बाबुराम सिक्देल, युएई श्रावण ६।
हिन्दु नारीहरुको महान चाड तिज नजिकै आइरहदा कलाकारहरुलाई पनि तिजका गित गाउन भ्याइ नभ्याइ छ । को भन्दा को कम भन्दै बिभिन्न खालका गीतहरु बजारमा आइरहेका छन । दर्शक श्रोतालाई भने गित भन्ने बित्तिकै सुनेर मनोरञ्जन लिन हतार भैसकेको हुन्छ बास्तवमा कतिपय दर्शक श्रोताले मौलिकता भित्र रहेको गित कस्तो हुन्छ त्यो बुझ्न सक्दैनन ।

प्राय जस्तो कलाकारहरु नेपाल सरकारले सेन्सरबोर्ड न लगाई दिदा मौलिकतालाई वेवास्ता गरी आफ्नो फाइदा मात्रै हेरेर अली छाडापनका तिज गितहरु पनि भित्राउने गरेका छन् । कतिपय कलाकारहरु मौलिकताको मध्यनजर गर्दै राम्रा राम्रा तिज गीतहरु आफ्ना दर्शक श्रोतालाई पस्किरहेका छन । यसै क्रममा लोकदोहोरी गायिका कला लम्साल पनि मौलिकतालाई कायम राख्दै नया तिजको गित बजारमा पस्किएकी छिन । मौलिकतालाई ख्याल गर्ने गायिका लम्सालले दर्जनौं लोकदोहोरी गित र आधा दर्जन भन्दा बढी तिजका गितमा आफ्नो जादुमय आवाज दिई सकेकी छिन ।
यसपालीको तिजको अवसरमा पनि मौलिकता कायम राख्दै तिजको कोसेली सार्वजनिक गरिकी छिन । चर्चित गायक एवं उत्कृष्ट सर्जक शिव हमालको लय, शब्द संकलनमा “छड्के तिलरी” नामक तिजको गित सार्वजनिक गरेकी हुन । गोरखा चौतारी म्युजिक प्रा.लि.को प्रस्तुती रहेको उक्त गितमा गायिका लम्सालको समधुर स्वरले सजिएको छ । तिजको गित भएपनी अहिलेको समयमा महिला र पुरुषको स्वरमा धेरै कलाकारले गित निकाल्ने गरेका छन, तर लम्सालले भने एकल स्वरमा मौलिकतालाई कायम राखेर उक्त गित निकालेको बताउछिन ।
बब्बु थापाको निर्देशन रहेको उक्त्त गितको भिडियोमा चर्चित मोडल पार्वती राइले अभिनय गरेकी छिन । भिडियोलाई दुर्गा पौडेलको छायांकन तथा मिलन बि.क.ले सम्पादन गरेका हुन् ।
कला लम्सालको बारेमा
तनहुँ जिल्लाको थर्पुमा जन्मिएर सानै उमेर देखी गीत-संगीतमा रुची राख्ने गायिकाले स्कुलमा पढ्दै गर्दा बिभिन्न स्टेज कार्यक्रममा भाग लिदै माइक समात्न समेत स्कुलबाट नै सिकेको र जिल्ला स्तरीय कार्यक्रममा पनि प्रथम हुँदै पुरस्कार हात पारी सकेकी छिन । शुद्ध, आवाज सुरिलो स्वरकी धनी गायिका लम्साल स्टेजका कार्यक्रमहरुमा प्रत्यक्षमा दोहोरी गाउनको लागि माहिर छिन दोहोरीमा जस्तो उत्तर पनी फर्काउन सक्ने उनमा खुबी छ । २०६५ सालमा “मर्न पाए खुशी हुन्थें म तिम्ले जस्तो बिर्सन सके तस्विर हेरी किन रुन्थें म” बोलको गितबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी गायिकाको यसपालिको तिज कोसेली “छड्के तिलहरी” पछिल्लो एल्बम हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend