साझा नेटवर्क
अनिल खत्री, गुल्मी श्रावण ४।
गुल्मी जिल्लाको इस्मा रजस्थल स्थित स्वास्थ्य चौकीबाट इस्मा रजस्थल, अर्जे, दोहोली छाप दर्लामचौर,अन्य छिमेकी गाबिस र गाउपालिकाहरुमा आपतकालीन तथा साधारण सेवा दिने उद्धेश्यले गुल्मीको एक संस्थाले एम्बुलेन्स किन्नका लागी अभियान सञ्चालन गरेको छ ।

जिल्लामा रहेको गुल्मी केयर विश्व संजाल संग सहकार्य गर्दै एम्बुलेन्स सेवा संचालन गर्न लागेको भन्दै एम्बुलेन्स खरिद गर्न सामाजिक सञ्जालमा अभियान सञ्चालन गरेको गुल्मी केयर बिश्व संजालका अध्यक्ष मन बहादुर कुवँरले जानकारी दिनुभयो । बिरामी परेको बखतमा अत्यावश्यक सेवा सञ्चालन गर्न एम्बुलेन्स खरिद गर्न स्वदे तथा युवाहरुले अभियान संचालन गर्न आग्रह गरेकाले सुरु गरेको कुवँले बताउनु भयो ।
गुल्मी जिल्लाको रजस्थल, अर्जे, दोहोली छाप दर्लामचौरबाट बिदेसका बिभिन्न स्थानमा रहेका युवाहरुले स्वतस्फूर्त अभियान संचालन गर्न आग्रह गरेकोले यो अभियान सुरु भएको कुवँरको भनाई छ । सोहि संस्थाको सहकार्यमा आपतकालीन हवाई सेवाको समेत ब्यबस्था मिलाउने कार्यकम रहेको उहाँको भनाई छ ।
संजालले देश, बिदेशमा रहनु हुने सम्पुर्ण दाजुभाई दिदीबहिनीहरु एबं गैर राजनीतिक संघ सस्थाहरुले आर्थिक, भौतिक, नैतिक रुपमा आफु सक्दो सहयोग गरिदिनु हुनु आग्रह गरेको छ । संजालले पहिरो चरण केहि रकम उठाइ रहेको अध्यक्ष कुवँरले बताउनु भयो ।
अभियानमा सहयोग गर्न गुल्मी केयर बिश्व संजाल वा अध्यक्ष मानबहादुर कुवँर संग सम्पर्क राख्न सकिने संस्थाले जनाएको छ ।
एम्वुलेन्स खरिद गर्ने रकम संकलन हुँन साथ पक्रिया मिलाएर तुरुन्तै खरिद गरिने कुवँरले बताउनु भयो । एम्बुलेन्स खरिदको लागी संकलीत रकम र सहयोग दाताको नाम सार्वजनिक गर्दै जाने कुवँरको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend