साझा नेटवर्क
अनिल खत्री, गुल्मी श्रावण ४ ।
आर्थिक बर्ष ०७२ र७३ मा गुल्मीमा २२ करोड १३ लाख २९ हजार ७ सय ३३ रुपैया बजेट फ्रिज भएको छ । तर, राजस्व संकलन भने गत आर्थिक वर्षको बजेको २६ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । पुजीगत तर्फ केहि ठूला ठूला विकासे अड्डाहरुले बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालय गुल्मीका अनुसार कुल बजेट ३ अर्ब ९७ करोड ६७ लाख ५६ हजार ४ सय २९ रुपैयाा रहेकोमा ३ अर्ब ७५ करोड ५४ लाख २६ हजार ६सय ९५ र रुपैया खर्च भएको छ । चालु तर्फ २ अर्ब ८१ करोड ६० लाख ५२ हजार ९ सय २९ रुपैया बजेट बिनियोजन भएकोमा २ अर्ब ७० करोड ४२ लाख २१ हजार ६ सय २६ रुपैया खर्च भएको कोष नियन्त्रक ससिन्द्र खातीले बताए । पूजिगत तर्फ १ अर्ब १६ करोड ७० लाख ३ हजार ५ सय बजेट बिनियोजन भएकोमा १ अर्ब ५ करोड १२ लाख ५ हजार ६९ रुपैया खर्च भएको कोष नियन्त्रक कोष नियन्त्रक ससिन्द्र खातीले बताए ।
गुल्मीमा वढी रकम फ्रिज गर्नेहरु कार्यालयमा जिल्ला बिकास समिती गुल्मीको ४ करोड ७२ लाख भन्दा वढी, जिल्ला शिक्षा कार्यालय गुल्मीको २ करोड १६ लाख भन्दा वढी,तम्घास समिलटारी सडक आयोजना लगायतका बिभिन्न बिकासे कार्यालयहरुको ठुलो रकम फ्रिज भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend