साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी श्रावण ४।
विभिन्न स्वास्थ्य संस्थाको सामाजिक परिक्षण पछि जिल्ला स्तरिय आम भेला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ कार्यालयको आयोजना गरेको आम भेलामा सामाजिक परिक्षण गर्ने संस्थाहरुले गाउँमा भएका स्वास्थ्य संस्थाहरुको अवस्थाको बारेमा जानकारी दिएका थिए ।
यस बर्ष जिल्लाका १० स्वास्थ्य संस्थाहरुको स्वास्थ्य परिक्षण गरिएको जनस्वास्थ्य कार्यालयका कोल्चेन सुपरभाइजर बोम अर्यालले जानकारी दिनुभयो । जिल्लाको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र, वडागाउँ स्वास्थ्य चौकी, जैसीथोक स्वास्थ्य चौकी, खज्र्याङ्ग स्वास्थ्य चौकी, लिम्घा स्वास्थ्यचौकी, हर्राचौर स्वास्थ्य चौकी, वीरवास स्वास्थ्य चौकी, रिमुवा स्वास्थ्य चौकी, सिमीचौर स्वास्थ्य चौकी र दरवारदेविस्थान स्वास्थ्य चौकीको सामाजिक परिक्षण गरिएको हो । नार्डेक नेपाल, सार्डेक, जनविकास केन्द्र, एकिकृत ग्रामिण विकास समाज, गतीशिल जनचेतना अभियान र मानव अधिकार सचेतन संस्थाले १० वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण गरेका थिए ।
जिल्ला विभिन्न स्वास्थ्य संस्थाहरको बारेमा उठका सवालहरुको बारेमा भेलामा सरोकारवालाहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।कार्यक्रममा नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी, एमालेका सचिव सोमनाथ सापकोटा, जिल्ला प्रसासन कार्यालयका प्रसासकीय अधिकृत भत्तिराम मरासिनी, जनस्वास्थ्य अधिकृत कृष्ण पन्थी लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधीहरु, आयोजक संस्थाका कर्मचारी, समाजिक परिक्षकहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रम स्थानीय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षता तथा जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा टेक्निसीयन पशुपती आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend