logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पामा घर भत्किँदा दम्पती पुरिए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

पाल्पा, श्रावण ३।
अविरल वर्षाका कारण रामपुर गेझा मगरेमा घर भत्किँदा एक दम्पती पुरिएका छन् । रामपुर नगरपालिका–१४ मगरे बस्ने ४८ वर्षीयका अमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीया सुमित्रा गाहा घर भत्किँदा पुरिएका हुन् ।

गएराति करिब २ बजेको समयमा खरले छाएको तीनतले घर एक्कासि भत्किएपछि पुरिएकी सुमित्राको अवस्था गम्भीर बनेको छ । उनलाई मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिएको छ । श्रीमान् अमरबहादुरको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

स्थानीयवासी तोया सारुका अनुसार छोरा–बुहारी, ससुराली तथा माइत गएका बेला घरमा रहेका आमाबाबु घर भत्किएर पुरिएका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आज बिहान उद्धार गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend