logo
  • शनिबार, साउन ३० २०८३

कतारमा पहिलो पटक मगरहरुले मनाए भूम्या महोत्सव


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिजय कुमार मगर, कतार श्रावण ३।
“सम्पुर्ण मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथमा “गरिव तथा जेहन्दार मगर विद्यार्थीको लागी अक्षय कोष स्थापना” सहयोगार्थ नेपालमा मनाइने मगर जातीको भूम्या पर्व पहिलो पटक कतारमा मनाइएको छ।
magar
नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार एसियन टाउनमा प्रथम मगर भुम्या महोत्सव २०१६ सम्पन्न भएको छ । मातृभूमिप्रति श्रद्धा र आदरको भावना राख्दै मगर जातिले परापूर्व कालदेखि आफु बसेको भूमि र भूमि देवतालाइ पुजा गर्ने पाईन्छ । त्यसै अनुरुप कतारमा पनी पहिलो पटक मगर राष्ट्रिय पर्वलाई महोत्सवको रुपमा मनाइएको छ । विषेश गरी रोल्पाको उत्तरी क्षेत्रमा मनाइने भूम्या पर्व करिब एक हप्ता धुमधामका साथ मनाइन्छ ।
Magar-Sangh-Qatar
बर्षायामसँगै आउने प्राकृतिक प्रकोप नहोस् भनि भूमिको पूजा गरी मनाउने भूम्या पर्व रोल्पाको थबाङ, जेल्बाङ, फगाम, कुरेली, मिरुल लगायतका गाविसहरुमा मनाइन्छ । कतारमा कार्यरत मगरहरुले आफ्नो सँस्कृतिलाई जगेर्ना गर्न र पर्यटन प्रवर्द्धन गर्नका लागि भन्दै महोत्सवका रुपमा यो पर्व मनाएका हुन । गरीव तथा जेहन्दार मगर बिद्यार्थीहरुको लागी अक्षयकोष स्थापना सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संयोजक अभिमत पुन मगरले भुम्या पर्वको बारेमा प्रष्ट पारे ।
magar1
‘मगर जाती आदिवासी जनजातीमै संख्यागत रुपमा सबैभन्दा ठुलो नभएर मात्र एक जाति बहुल सँस्कृति, भेषभुष र भाषा भएको जाति हो’ उनले भने ‘यसको विकाशको लागी सोही अनुसार विकास गर्न सम्बन्धित समुदायको चासो र योगदानको उत्तिकै महत्वपूर्ण छ । कार्यक्रममा उपस्थित मगरहरुले भुम्या नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै पन्चेवाजासँगै भुम्या पुजा समेत गरिएको थियो । सांगीतिक कार्यक्रम अन्र्तगत गायक सोम थापा मगरले सालैजो भाकामा ‘झल्को आउछ’ बोलको गीत गाएर दर्शकहरुलाई नचाए । मोहन थापा मगर, टेक रसाइली, माइली तामाङ र रोशिका तामाङले सालैजो भाकामा नै जोडी नृत्य प्रस्तुत गरे ।

magar2गायक बिजय रनपालीले ‘छडके नजर लगाउने नानीले’ बोलको गीत मार्फत आफ्नो प्रस्तुती राखे । त्यस्तै लोक गायक बलबिक्रम थापाले ‘बिदेशैमा भएपनी’ बोलको गीत गाए । त्यस्तै चितवन धमाकाका लागी कतार आएकी लोकदोहोरी गायिका सरिता गुरुङ्ग श्रेष्ठले गायक थापासँग दोहोरी घम्साघम्सी मार्फत दर्शकहरुलाई नचाए । ‘झिम झिम सानु नझिम्काउ परेली’ बोलको गीतमा उनीहरुले दोहोरी गाएका थिए । कार्यक्रममा गायक रबिन्द्र सुनुवारले ‘के रहेछ बिदेश आएपछी थाहा भयो, कस्तो हुन्छ खब्बुस खाएपछी थाहा भयो’ भन्दै ‘माया पनी लाकै हो कसम पनी खाकै हो’ बोलको गीत गाए ।

त्यस्तै राकेश श्रेष्ठ र रमन महर्जनले ‘लप्पन छप्पन जान्दिन’ बोलको गीतमा युगल नृत्य प्रस्तुत गरे । गायक विजय मगरले ‘खोजी आउ पहिले सरकारी जागीर’ बोलको गीत मार्फत उपस्थित दर्शकहरुलाई नचाए । कार्यक्रममा पन्जेबाजासँगै मगरहरुको सामुहिक नृत्य साथै हुर्रा नृत्यले कतारलाई नेपालको कुनै गाउँमा भुम्या पुजा गरिरहेको झल्को मेटाउथ्यो ।

कार्यक्रममा विभिन्न राजनिती र सामाजिक संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मगरहरुको परिकारहरुले उपस्थित दर्शकहरुलाई भोजन गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend