logo
  • शनिबार, साउन ३० २०८३

अर्घाखाँचीको भगवतीमा नेकपा एमाले गाउ कमिटिको अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिपेन्द्र श्रेष्ठ अर्घाखाँची, श्रावण ३।
नेकपा एमाले भगवती गाउ कमिटिको एघारौ अधिबेशन हिजो साउन २ गते अर्घाखाँचीको भगवती ३ मा रहेको श्री जनकल्याण माबी तारुभातेरामा सम्पन्न भएको छ । नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटि सचिबालय सदस्य नरेन्द्र कुमार क्षेत्रीको प्रमुख आथिथ्यता र जिल्ला कमिटि सचिबालय सदस्य तथा इलाका इन्चार्ज भविश्वर पाण्डेको बिशिस्ट आतिथ्यता रहेको अधिबेशनमा हरिलाल पाण्डेको अध्यक्षतामा १५ सदस्यि नयाँ गाउँ कमिटि सर्बसम्मतीले चयन गरिएको छ ।
DSC02137
उपाध्यक्षमा शोभाखर पाण्डे{क}, सचिब शोभाखर पाण्डे{ख}, उप–सचिब मिना पाण्डे र सदस्यतर्फ निर्मलादेबी आचार्य, सन्तलाल सुनुवार, कृष्ण प्रशाद श्रेष्ठ, घनश्याम पाण्डे, नमराज श्रेष्ठ, जिबलाल पाण्डे, कृष्ण प्रशाद पाण्डे, मनिराम पाण्डे, दिलाराम पाण्डे, टोपलाल पाण्डे, मनिषा पन्थी, धनकला पाण्डे, शान्ता पाण्डे, शिता पाण्डे, गण बहादुर परियार चयन हुनु भएको छ ।

DSC02143अधिबेशनमा निर्बाचित कमिटिलाई नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटि सचिबालय सदस्य नरेन्द्र कुमार क्षेत्रीको प्रमुख आथिथ्यता र जिल्ला कमिटि सचिबालय सदस्य तथा इलाका इन्चार्ज भविश्वर पाण्डेले सफल कार्यकालको शुभकामना समेत दिनु भएको छ । अधिबेशनमा जेष्ठ नागरिकहरुलाई दोसल्ला अढाई सम्मान तथा प्रतिबेदन समेत पेश गरिएको थियो ।

कार्यक्रमको समउदघाटन नरेन्द्र कुमार क्षेत्रीले ब्यानर अनावरण गरेर गर्नु भएको थियो । मन्तब्य समारोहमा बोल्दै जिल्ला कमिटि सदस्य नरेन्द्र कुमार क्षेत्रीले  आर्थिक रुपान्तरणका लागी सम्पुर्ण जनता एक भएर लाग्न रदेशको दरिलो खम्बा भनेकै युवा भएको हुदा देशको युवा बेरोगारी कम गर्न युवा हरुलाइ कृषिमा अग्रशर गराउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend