साझा नेटवर्क
डम्बर अधिकारी, तनहुँ श्रावण १।
नेपाली काग्रेस भित्र मन्त्री बन्नेको नामावली तयारी भईरहेको छ । पार्टीको तर्फबाट मन्त्री बनाउनका लागि पार्टी सभापति शेबहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल , कृष्ण सिटौला र खुमबहादुर खड्का बीच छलफल भईरहेको छ ।
उच्च स्रोतले दिएको जानकारी अनुसार सभापति देउवाको तर्फबाट विमलेन्द्र निधी , बालकृष्ण खाँण, रमेश लेखक, प्रकाशशरण महत ,फरमूल्लाह मन्सुर मन्त्री हुनेको सूचीमा रहेका छन् । यि मध्ये निधीलाई देउवाले उपप्रधानसहित एक महत्वपूर्ण मन्त्रालय वा उपसभापति रोज्ने मौका दिएका छन् ।तर निधी भने दुवै पद पाउँ पाउनु अडान राखि रहेका छन् । यदि निधीले दुवै पदको दावा गरेको अवस्थामा देउवाले सिटौलाको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेको समेत बुझिन आएको छ ।
यता वरिष्ठ नेता पौडेलको तर्फबाट भने कोषाध्यक्ष सीता देवी यादव र शेखर कोइरालालाई मन्त्री मण्डमा सहभागी गराउने तयारी भईरहेको बुझिएको छ । त्यस्तै खड्काले भने काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीलाई मन्त्रीमण्डलमा पठाउने अन्तिम तयारी गरेको बुझिएको छ । यिनिहरुका अलावा काग्रेसको तर्फबाट महालक्ष्मी डिना,जीवन बहादुर शाही, राजीव विक्रम शाह, मानबहादुर वि.कको समेत काग्रेसको तर्फबाट मन्त्री बन्नेको सूचीमा नाम रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend