logo
  • शुक्रबार, असोज ९ २०८३

न पहुँच न खर्च : महिला तथा बालबालिका कार्यालयका महत्वपुर्ण तीन कोष


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी श्रावण १।
महिला तथा बालबालिका कार्यालय गुल्मीमा महत्वपूर्ण तीनवटा कोषहरु छन । जसमा बाल उद्धार कोष, लैगिंक हिंसा निवारण कोष र एकल महिला सुरक्षा कोष रहेका छन् । कार्यालयका अनुसार यी तीन वटै कोषको रकम फ्रिज हुँदैन । बरु खर्च गर्न सके रकम केन्द्रबाट थपिने गर्छ ।

कार्यालयको रेकर्ड हेर्ने हो भने कुनै कोषको रकम सन्तोषजनक रुपमा खर्च भइरहेको छैन् । समस्यामा परेका बालबालिकाहरुलाई आपतकालीन रुपमा उद्धार गर्न स्थापना भएको बाल उद्धार कोषबाट यो आवमा १९ जनालाई सहयोग गरीएको छ । जसमा ७ बालक र १२ जना बालिका रहेका छन् । अघिल्लो आर्थिक बर्षमा २५ जना बालबालिकाले यो कोषबाट सहयोग लिएका थिए ।

बाल संरक्षण निरिक्षक नेत्र पन्थीका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला बालकल्याण समितिले आपतकालिन बाल उद्धार कोष सम्बन्धि मार्गदर्शन २०६४ को सिमा भित्र परेका बालबालिकालाई यो सुविधा प्रदान गर्दछ । यस अन्तरगत जिल्ला कारागारमा रहेका कैदीहरुका आश्रित बालबालिका, कुनै जटिल रोग लागेका बालबालिका, घर छोडेर हिडेका पछि उनीहरुलाई पुर्नस्थापना गर्नु परेका र बालसंरक्षण गृहमा राख्नुपर्ने बालबालिकालाई बालकल्याण समितिको निर्णय अनुसार आवश्यक रकम उपलब्ध गराउने व्यावस्था रहेको पन्थीले बताउनुभयो ।

त्यस्तै कार्यालयमा स्थापना भएको लैगिंक हिंसा निवारण कोषमा रहेको १ लाख ७५ हजारमा पनि ६६ हजार मात्र खर्च भएको छ । यो आवमा कोषबाट ७ जना हिंसा पीडित महिलाहरुले सहयोग पाएका छन् भने १ लाख ९ हजार बाँकी छ । उनीहरुलाई आपतकालिन अवस्थामा संरक्षण गर्नुपरेमा, मुद्धा लड्नु परेका, बेपत्ता भएको अवस्थामा उद्धार गर्नुपरेमा, पुर्नस्थापना पश्च्यात कुनै उद्यम गर्न चाहेमा समितिको निर्णय अनुसार आवश्यक रकम उपलब्ध गराइने व्यावस्था रहेको सहायक महिला निरिक्षक इन्दिरा थापाले जानकारी दिनुभयो ।

१ लाख बरावरको अर्को एकल महिला सुरक्षा कोषबाट पनि ३ जना एकल महिलालाई २६ हजार सहयोग भएको छ । ७४ हजार कोषमै थन्किएर रहेको छ । थापाका अनुसार आफुहरुकोमा आएका सवै महिला तथा बालबालिकाहरु समितिको सिफारिसमा नपर्ने गरेका कारण रकम खर्च हुन नसकेको हो । जिल्लामा यो कोषबाट सहयोग पाउन सक्ने महिला तथा बालबालिका थुप्रै रहेका छन् । तर कार्यालय सम्म सवैको पहँुच पुग्न सकिराखेको छैन् ।

कार्यालयमा आउने हरेक बजेट तालिम र शसक्तिकरणकै लागी खर्च गरेर शतप्रतिसत काम देखाउने महिला विकास कार्यालयले पनि यो कोषको बारेमा त्यति हल्ला गरेको देखिदैन् । लामो समय जिल्लामा लैगिंक हिंसामा परेका महिला तथा विपन्न बालबालिकाहरको रिर्पोटिङ्ग गरिरहनु भएका पत्रकार प्रेम सुनारले समस्यामा परेका थुपै्र महिला तथा बालबालिकाको उद्धार गरेको बताउँदै कोषको बारेमा अहिले सम्म जानकारी नभएको बताउनुभयो ।

कोषको पैसा खर्च हुन्न सुनारले भन्नुभर्यो मान्छेलाई कात्रो किन्ने पैसा नभएर चन्दा उठाउनुपर्ने अवस्था छ,।’ न खर्च गरेर सकिने न फ्रिज हुने पीडिलाई सके सम्म सहयोग गर्न सकिन्थ्यो, उहाँले भन्नुभयो यस्तो महत्वपूर्ण कोषको बारेमा बुद्धिजिवी वर्गलाई त थाहा छैन भने पीडित र लक्षित समुदायमा कहिले पुग्ला ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend