logo
  • शुक्रबार, असोज ९ २०८३

महिला तथा बालबालिका कार्यालय गुल्मी द्धारा बार्षिक समिक्षा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी श्रावन ०१।
महिला तथा बालबालिका कार्यालय गुल्मीले बार्षिक समिक्षा कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न गरेको छ । महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिृकत प्रतिभा पन्थीले अख्तियारी, निकाशा तथा खर्च, भौतिक प्रगती विवरण र अपांग परिचय पत्र वितरणको बारेमा जानकारी गराउनुभएको थियो ।
13714387_1117177138347652_1948974843_n
अधिकृत पन्थीले कार्यालयको १ करोड ८६ लाख १९ हजार बराबरको कार्यक्रम, बजेट र खर्चको अवस्थाको बारेमा जानकारी दिनुभयो । कार्यालयको महिला विकास कार्यक्रम तर्फको १ करोड ७५ लाख, समाजकल्याण तर्फको १४ लाख ४७ हजार, महिला सशक्तिकरण तर्फको १ लाख ८१ हजार, लैंगिक हिंसा निवारणका महिला संस्थाहरुको एकिकृत विकास कार्यक्रम तर्फ ५ लाख ७९ हजार, बालकल्याण कार्यक्रमको १ लाख १६ हजार बराबरको अख्तियारी आएको थियो ।
13713356_1117177178347648_346349575_n
लैंगिक हिंसा निवारणका महिला संस्थाहरुको एकिकृत विकास कार्यक्रम तर्फको ५ लाख ७९ हजार मध्ये ५० हजार बाहेक सवै रकम खर्च भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले यो आव ०७३ असार ३० गते सम्म २ सय ५५ जनालाई अपांगता प्रमाणपत्र वितरण गरेको छ । क वर्गका महिला १३, ख बर्गका ३३, ग वर्गका २७ र घ बर्गका १८ गरी ९१ जना र क वर्गका पुरुष ३३, ख वर्गका ५१, ग वर्गका ५७ र घ वर्गका २३ गरी १ सय ६४ जनालाई अपांगता परिचय पत्र वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend