साझा नेटवर्क
बिमल खड्का, बाग्लुंग श्रावण १।
बाग्लुङ जिल्लाको पश्चिम भिमगिठे गाउबिकास समिति वडा नम्बर ६ का युवाहरुले मगर नौमति बाजा समुह खोली उनीहरु सामाजिक काम सगै दाम र नाम कमाएका छन । करिब ४ बर्ष पुगीरकेको छ । मगर बाजा समुहले कसैको बिवहा बर्तवन्घ तथा पुजा आजामा पनि उनीहरुलाई नै खोजीरहेका हुन्छन ।
उनीहरु कसैको बिवाहा बर्तबन्घमा गए भने उनीहरु केहि संस्थाको कोषमा राख्छन भने बाकी पैसा बरोजगारी युवाको एक महत्वपुर्ण पाटो बन्न पुगेको छ । यसले रोजगारीकाका लागी बिदेशै जानै पर्छ भन्ने मानशिकतालाई तोडेको पाईन्छ ।
संस्थामा हाल हुनुभएका केशब श्रीष यसो भन्नुहुन्छ । जब बिदेश गएपनि प्रति व्यक्ति कमाउने उहि बिस तिस हजार नै हो तर घर बस्दा घरको रेखदेख पनि हुने अलि अलि दाम पनि हुने नाम पनि हुने श्रीषको भनाई छ । मगर नैमति बाजा संञ्चालन गर्दा उनीहरुलाई त सजिलो त पक्कै भएन एकातिर समाजले बाजा बजाउने दलित जातिले मात्र गर्दछ कहाँ मगरले बजाएको भन्दै सामाजिक रुपले पनि उनीहरुलाई दलितकै दृष्टीमा नै हेरिन्थों ।
नौमति बाजा समुह खोल्नुको तातपर्य के हो ?
बाग्लुङ जिल्ला पश्चिम क्षेत्र साहै बिकट ठाँउ भिमगिठे गाबिस ६ त्यहाँ कुनै राजनैतिक दलका प्रतिनिधी भनौदाहरु पनि उही चुनावको बेला मात्र झुल्कीन्छन । त्यस ठाउँको बिकास गर्ने कस्ले र नौमति बाजा पनि नेपालको बाजा मध्ये एक हो यो पनि लोप हुने स्थिती रहेको छ । त्यसैले मगर बाजा स्थापना गर्न गाउमा कुरा चलायौँ गाउबाट पनि हुन्छ भन्ने कुरा चलेपछि हामीले ६० हजार श्रणमा बाजा किन्न सफल भयोैँ ।
मगर नैमति समुह खोल्नुको मुख्य उदेश्य भनेकोे हाम्रो समाजमा हुने गरेको जातीय छुवाछूतको अन्त्य गर्नु थियो र हाम्रो समाजमा परम्परा देखि नै बाजा बजाउने मात्र दमाईले हो, भन्ने सोचलाई चिर्नुनै हाम्रो यस मगर नौमति बाजा समुहको मुख्य तात्र्पय रहेको थियो । यदि “कुनै मानिस संग बाजा बजाउनको लागी उसंग कला र सिप छ भनी त्यसले जातीय खोज्दैन” जुन जातले पनि बजाउदा हुन्छ भन्ने हाम्रो चाहाना त्यसैले हामी मगर बाजा खोल्यौ । 
तपाईहरुले समाजमा बाजा बजाएर पैसा संकलन गरेर के गर्नु भएको छ ?
हामी पहिले पहिले बाजाकै ऋण थियो त्यही तिर्दा ठिक्क भो पछिलो समयमा हामीले सामाजिक काममा पनि आबध छौँ । जस्तै असारे प्राबी स्कुललाई पचास हजार माझखर्क बाल शिक्षा लाई दस हजार साथै बेरोजगारी युवाहरू लाई केहि राहत मिलेको छ गाँउमा बिबाह पर्दा बाहिर बाट ल्याउदा अलि महंगो पर्ने भएकोले केहि सौलेत मा बजाउने काम पनि भएको छ ।
हामीले यस मगर नौमति बाजा समुहकै सक्रियतमा आन्तरीक तथा बाह्य पर्यटकका लागी तथा घुम्न जादा मन्दिरको दर्शनका लागी २ वटा मन्दिर सोहि वडाको थाम चौरमा बनाएका छौ त्यहाँ बाट देखिने आकर्षक ठाउहरु जस्तै धौलागिरी हिमाल अन्न्पुर्ण हिमाल रेसुङ्ग बन हिमश्रृखलाहरु जस्ता ठाउहरु देखिन्छ अझ यहाँ पर्यटक भित्राउन तथा ब्यबस्थित सरकार बाट सहयोग भयो भने हामी अभारी हुने थियौँ ।
अब तपाईहरुले कसरी अगाडी बद्ने बिचारमा हुनुहन्छ ?
हाम्रो गाउँमा सबैभन्दा आर्थिक भित्रीने संस्था भनेकै नौमती बाजा भएकोले विगतमा भएका केहि त्रुटिहरुलाई सच्याउदै भौतिक बिकास लाई मध्यनजर गर्दै र समाजिक काममा हातेमालो गर्दै र अझैपनी समाज रहेको पुरातनबादी सोच छुवाछूतको प्रचलन भएकोले त्यसलाई चिर्दै अगाडि बिचारमा छौ ।
तपाईहरुलाई शुरुका दिनहरुमा कस्ता कस्ता चुनौति आए ?
हामीलाई त पहिले समाजले हर्ने दृष्टीकोण नै फरक थियो बाजा बजाउनेहरु सबै दलित मात्र हुन भन्ने जनबिश्वास थियो । पछि पछि सबै ठाउ बजाउदै जादा कुरो बुझिसकेपछी कला र सिप भए जस्ले बजाउदा पनि हुदोरहछ । दमाई ले मात्र बजाउनुपर्छ भन्नु गलत रहेछ भन्ने खालका अभिव्यक्ति अरु आए आफ्नै बजाउने युवाहरूले पनि सुरुसुरुमा अलि बजाउन पनि नजान्ने भएकोले केहि समय अलि दुखपनि भयो र आजभोलि सबैले बुझिसकेपछि र युवाहरू ले बजाउन पनि सिकिसकेपछि समाजमा नाम सगै दाम पनि छ ।
भिडियो हेर्नुहोस ।
यसरी भिमगिठेका युवाहरुले जस्तै आफनै ठाउमा केहि गर्ने सके देश समृद्ध तर्फ जाने थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend