logo
  • शुक्रबार, असोज ९ २०८३

पोखरामा मादी नदीको कटानका कारण एक घर बगायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

madi river

फाइल तस्विर

कविता घर्ति मगर, पोखरा साउन १।
लगातार बर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरो गएर धनजनको क्षति हुनुका साथै मानव बस्तीमा उच्च जोखिम पनि उत्तिकै बढेको छ त्यस्तै कास्कीको उत्तरपूर्वी गाउ पार्चेको सोधा गाउमामा मादी नदीको कटानका कारण एक घर बगाएको छ ।

बिहीबार साँझ अविरल वर्षा संगै आएको वाढीका कारण स्थानिय कमल गुरुङको घर बगाएको छभने अन्य ७ घर बिस्थापित भएका छन । वर्षा संगै वढेको मादी नदीको कटानका कारण स्थानिय कमल गुरुङको घर बगाएको भएतापनि मानविय क्षती भने नभएको पार्चे सोडा गाउका स्थानिय योन्जन गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार वर्षाका कारण मादी वढेपछि स्थानिय गोमा गुरुङ, जीत कुमार गुरुङ, पुष्पा गुरुङ, गौमाया क्षत्री, अशोक भुजेल, बालसिंङ भुजेल र आशमाया गुरुङको परिवार विस्थापित भएका छन । विस्थापित हरु यतिवेला दुधपोखरी उच्च माविमा आश्रय लिएर बसेको पिडित मध्येका एक योन्जन गुरुङले वताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend