logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पाको वीरकोटमा बालबालिकालाई अभिमुखीकरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

यज्ञमुर्ति तिमिल्सिना, पाल्पा आषाढ ३१।
वीरकोट गाविसको आर्थिक सहयोग तथा बाल बिकास बाल मञ्चको आयोजनामा २ दिने बालबालिकाका लागि बालअधिकार तथा परिचयात्मक अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरकोट पाल्पामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेकका पाल्पा प्रतिनिधि तथा पत्रकार यज्ञमूर्ति तिमिल्सिना, वीरकोट स्वास्थ्य चौकी प्रमुख मोहन ढकाल, अहेव नोर्वु फुर्वा दोर्जे, सामाजिक परिचालक मन बहादुर सारु, देव ढेंगा लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बालअधिकार, बालविबाह, बाल क्लव, बाल क्लव गठन, स्टेज उद्घोषण लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रम समापनका अवसरमा बोल्दै गणपति उच्च माविका प्राचार्य बिष्णु कुमार पल्लीले बालबालिका मार्फत सामाजिक रुपान्तरणका धेरै अभ्यास हुन सक्ने भएकोले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो ।

बाल मञ्चकी अध्यक्ष शान्ति सारुको अध्यक्षतामा चलेको कार्यक्रममा बीरकोट गाविसका निवर्तमान अध्यक्ष नुन बहादुर थापा, नेपाली कांग्रेसका नन्दलाल सारु, सहभागी रोजन श्रेष्ठ, बिभा हितांग लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा बीरकोट गाविसका ६० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend