logo
  • शनिबार, भाद्र २० २०८३

राष्ट्र बैंकको नयाँ तथ्याङ्क, जेठमा ११ प्रतिशतले मूल्यवृद्धि


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं, आषाढ ३१।
मूल्यवृद्धि सरकारको नियन्त्रण भन्दा धेरै माथि पुगेको छ । जेठ महिनामा ११.१ प्रतिशतले मूल्यवृद्धि भएको नयाँ तथ्यांक राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको छ । खाद्य तथा पेय पदार्थ दुवै समूहको मूल्य वृद्धि दोहोरो अंकमा रहेकोले जेठ महिनाको मूल्यवृद्धि उच्च रहन पुगेको राष्ट्र बैंकले सर्वाजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक मासिक प्रतिवेदनमा उल्लेख छ ।nepal bank

गत आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.४ प्रतिशत मात्रै थियो । सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतमा मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । जेठ महिनासम्मा खाद्य तथा पेय पदार्थ समूहको सूचकाङ्क ११.९ प्रतिशतले र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

‘तरकारी, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, लत्ता कपडा तथा जुत्ता समूहको मूल्य सूचकाङ्क वृद्धिदर उच्च रहेकाले वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा थप चाप पर्न गएको हो,’ प्रतिवेदनमा भनिएको छ । गत वगर्षको जेठ महिनासँग तुलना गर्दा यो जेठ महिनामा तरकारीको मूल्य २९.४ प्रतिशत र दलहन तथा गेडागुडीको मूल्य २१.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । जसले खाद्य समूहको मुद्रास्फीति दर दोहोरो अंकमा पुर्‍याएको हो ।

त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६.४ प्रतिशत र १५.९ प्रतिशतले वृद्धि भएकोले गैर खाद्य समूहको मुद्रास्फीति दर दोहोरो अंकमा पुगेको राष्ट्र बैंकको दाबी छ ।

काठमाडौंको भन्दा मधेसमा मूल्यवृद्धि कम
क्षेत्रगत आधारमा विश्लेषण गर्दा जेठ मसान्तमा सबैभन्दा बढी उपभोक्ता मूल्यवृद्धि काठमाडौं उपत्यकामा भएको छ । राष्ट्र बैंकका अनुसार उपत्यकामा १३ प्रतिशत, पहाडमा १२ प्रतिशत, हिमालमा १०.२ प्रतिशत र तराईमा ९.५ प्रतिशत रहेको छ । जबकी गत वर्षको यसै अवधिमा काठमाडौं उपत्यकामा ७.८ प्रतिशत, पहाडमा ८ प्रतिशत र तराईमा ६.७ प्रतिशतले मूल्य बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend