logo
  • शुक्रबार, असोज ९ २०८३

श्रीमान विरुद्ध पनि मुद्धा हाल्न सकिन्छ ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी आषाढ ३० ।
आज गुल्मी सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनी संग यहाँका जनताले खरो प्रश्न गर्दै भने श्रीमान तपाईको पैसाला प्रति चित्त नवुझे ? श्रीमान तपाई विरुद्ध पनि दिन सकिन्छ ?

20160714_084034

रेसुङ्गा वहुमुखी क्याम्पसमा जिल्ला अदालतले आयोजना गरेको न्यायिक सार्वजानिक संवाद कार्यत्रक्रमा त्यस क्याम्पसका प्राध्यापक गोविन्द गौतमले भने–‘ तपाई श्रीमानले नै कुनै मुद्धामा न्योचित सुनुवाई गर्नु भएन भने तपाई विरुद्ध पनि मुद्धा हाल्न सकिन्छ कि सकिदैन् ?

जवाफमा जिल्ला न्यायधिश मरासनीले भने विल्कुल मिल्छ , न्याय परिषदमा गएर न्यायधिशको फैसलाको चित्ता नवझे मुद्धा दिन सकिन्छ । प्रशासन र जिविस लगायतले आयोजना गर्ने सार्वजानिक सुनुवाई कार्यक्रममा झैं अदालतले राखेको सार्वजानिक सम्वाद कार्यक्रममा विद्यार्थीहरुले पनि न्याय सम्पादनका वारेमा जिल्ला न्यायधिश संग खुलेर जिज्ञाषा राखेका थिए ।

20160714_081610

जिल्ला न्यायधिशले तपाईहरुको जिज्ञाषहरु के छन् ? खुलेर राख्नु होस् भन्न नपाउँदै एक जना विद्यार्थी उठेर यस्तो प्रश्न गरे–‘ श्रीमान तपाई राजनैतिक दवावमा कत्तिको पर्नु हुन्छ ? जवाफमा जिल्ला न्यायधिश मरासनीले भने–‘ न्यायिक क्षेत्र स्वतन्त्र र निष्पक्ष क्षेत्र भएकोले त्यस्तो राजनैतिक दवावमा नआउने बताए । जिल्ला न्यायधिशलाई भनेर हुँदैन भन्ने कुरा यहाँको राजनैतिक दलहरुले बुझेका छन् त्यसले पनि म यहाँ आएको १० महिना भयो कुनै नेताको फोन आएको छैन् – जिल्ला न्यायधिशले भने ।

पुर्व क्याम्पस प्रमुख दीन पन्थीले अदालतको कानुनी कुरा बुझन नसकिएको गुनासो गरे । उनले भने –‘म नेपाली भाषामा मास्टर डिग्री गरेको मान्छेले त वुझन सक्दिन भने अरु सर्वसाधरणले के बुझ्लान ? ’ जवाफमा जिल्ला न्याधिश मरासनीले जंगबहादुरका पालामा लेखिएका केहि कुरा त्यस्तो रहेकोले अव आउने ऐन कानुनमा त्यस्तो नहुने बताएका थिए ।

20160714_084000

जनताका लागि न्यायमा पहुँच पुराउने उद्देश्यका साथ सञ्चालन भएको यस्ता कार्यक्रमा जिल्ला न्याधिश मरासीनी गुल्मीका तिन वटै क्षेत्रको घर दैलोमा पुगेर अदालत भनेको के हो ? यसबाट न्याय सम्पादनमा सुधार्नु पर्ने कुरा के छ ? जस्ता विषयमा वुझाउँदै आएका छन् । यस वर्ष जिल्ला न्यायधिश सहित अदालतको टोली क्षेत्र नम्वर १ को शान्तिपुरमा ,क्षेत्र नम्वर २ को वलेटक्सार र रेसुङ्गा वहुमुखी क्यापसमा गरिएको हो ।

कार्यक्रममा सहायक जिल्ला न्यायधिवक्ता कैलाश केसी, अदालतका श्रे्रेस्तेदार श्याम विहारी मौर्य, वार एशोयिसनका अध्यक्ष विष्णु वलाल लगायको सहभागीता रहेको थियो ।क्याम्पस प्रमुख ढुण्डीराज पाखरेलका अध्यक्षतामा सम्पन्न कार्यक्रममा अदालतका डिठ्ठा रामचन्द्र घर्तिको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend