साझा नेटवर्क
अनिल खत्री, गुल्मी आषाढ ३०।
सहकारी व्यवस्थानका साथ सकारात्मक सोच तथा प्रशंसनीय दृष्टिकोण क्षमता बिकास तालिम गुल्मीमा सम्पन्न भएको छ ।
डिभिजन सहकारी कार्यालय पाल्पाको आयोजना र जिल्ला सहकारी संघ गुल्मीको संयोजनामा असार २५ गतेबाट सुरु भएको तालिम ३० गते सम्म सञ्चालन भएको थियो । ६ दिन सम्म सदरमुकाम तम्घासमा सञ्चालन भएको तालिममा जिल्ला भर रहेका सहकारी मध्ये १६ वटा सहकारी संघहरुका व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
तालिममा सहकारी संघ संस्था सञ्चालन गर्दा ध्यान दिनुपर्ने बिभिन्न विषयहरुमा डिभिजन सहकारी कार्यालय पाल्पाका निमित्त प्रमुख घनराज अधिकारी र सहकारी निरिक्षक कृष्ण खातीले प्रर्शिक्षण दिनुभएको थियो । समापन कार्याक्रममा सहभागि गणेश बिश्वकर्मा,अञ्जु पन्थी,गणेश मरासिनीले तालिमबाट सहकारी सञ्चालन गर्न धेरै नयाँ कुराहरु सिकेको बताएका थिए ।
उनिहरुले तालिमबाट सिकेका कुराहरु व्यावहारमा लागु गर्न सके नमुना सहकारी बनाउन सकिने बताएका थिए । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथी जिल्ल्ला सहकारी संघ गुल्मीका का.बा.अध्यक्ष यम बहादुर थापा,व्यवस्थापक युवराज आचार्य, सञ्चालक देबबहादुर बस्नेत, अंमर कल्याण बहुउदेश्य सहकारी सस्थाकी गंगा थापा लगायतले मनतव्य राखेका थिए ।
अतिथीहरुले तालिममा सिकेका कुरा व्यावहारमा लागु गर्न जोड दिएका थिए । कार्यक्रम डिभिजन सहकारी कार्यालय पाल्पाका निमित्त प्रमुख घनराज अधिकारीको अध्यक्षता जिल्ल्ला सहकारी संघ गुल्मीका का.बा. अध्यक्ष यमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सहकारी निरिक्षक कृष्ण खातीले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend