logo
  • शनिबार, साउन ३० २०८३

खुमन र रमिला गर्मिले आत्तिएपछी के भने….?


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी असार ३०।
10नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा यो वर्षका तिज सम्बन्धी विभिन्न गितहरु सार्वजनिक हुने क्रम सुरु भएको छ । विगतका वर्षहरुमा झैं यो वर्ष पनि कलाकारहरुले आफ्ना तिजका भाकामा सजिएका बिभिन्न खालका तिजका गितहरु सार्बजनिक भएका छन् ।

केहि वर्ष यता तिजको अबसरमा निरन्तर गित बजारमा ल्याउँदै आएकी गायिका रमिला न्यौपानेले यस वर्षको तिजको अबसरमा पनि “पङखा चलाईदेउ” भन्ने नयाँ तिज गित सर्बजनिजक गरेकी छन् । तिजको भाकामा समसामायिक विषयमा आधारित रहेरको गीतमा बाबुराम बोहराको शब्द खुमन अधिकारीको लय सृजना रहेको छ ।

लोकप्रिय गायक खुमन अधिकारी र रमिला न्यौपाने सुमधुर स्वर रहेको गीत तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । गर्मीको समयमा नेपालमा हुने लोडसेडिङको समस्यालाई तिज गीत मार्फत व्याग्य गर्न खोजिएको गायक अधिकारीले बताए । गितले बिशेष गरि गर्मि मौसम संग सम्बन्धीत रहेर तयार भएको उनको भनाई छ ।

गार्मिले आत्तिए पछि पङखा र एसी चलाएर सित्तलता मिल्ने कुरा उक्त गितमा समाबेश गरिएको अधिकारीको भनाई छ । गार्मिको बेला लामखुट्टेले सताउने तथा बस्तु पनि गितमा राखिएको छ । गर्मिले आत्तिए पछी पर्दा नलगाउन पनि आग्रह गरिएको छ । गितमा गायक अधिकारी र न्यौपानेले पनि अभिनय गरेका छन् । गितको म्युजिक भिडियो निर्देशक शंकर विसीको निर्देशनमा तयार भएको छ ।



 भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend