logo
  • शुक्रबार, असोज ९ २०८३

बिनु र राजकुमारलाई किन भयो रात लामो…


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी, काठमाडौँ  आषाढ ३०।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आउन करिब दुई महिना बाँकी रहदा कलाकारहरुलाई भने तिजको चटारोले छोइसकेको छ। कलाकारहरु यतिबेला तिजका गित गाउन र म्युजिक भिडियो बनाउनमा व्यस्त देखिन्छन।

binuकलाकारहरुले आफ्ना दर्शक श्रोताहरुलाई भिन्न भिन्न किसिमका तिज गितहरु बजारमा निकाली रहेका छन । पछिल्लो समय तिजका गितहरु अलिक भिन्न तथा उताउला दुरुस्तै रतौली जस्ता आउन लागेका छन । बजारमा छोटो समयमा चर्चा पाउने तरिकाबाट बनाईएका गितहरु प्रसस्त भेटिन्छन ।

आशिष म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायक राजकुमार बस्नेतको एकदमै  फरक खालको  तिज गित “मकैको बोट भन्दा पनि पात लामो” बजारमा आएको छ। बस्नेतको उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको छ ।

संगितमा रुची राख्ने बस्नेतको यो पहिलो एल्बम हो । मकैको बोट भन्दा पनि पात लामो तिज गीतमा  बस्नेत र लोक तथा दोहिरी गायिका बिनु तमाङको स्वर रहेको छ । रबिन्द्र कसम लोहोनिको शब्द तथा गायक चन्द्रमान तामाङले लय सृजना गरेका छन।

बब्बु थापाको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित मोडल ओबी रायमाझी र रन्जिता गुरुङले अभिनय गरेका छन । भिडियोलाई दुर्गा पौडेलले छायाँकन तथा मिलन  वि.क.ले सम्पादन गरेका हुन ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend