साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार २९।
हिन्दु महिला दिदि बहिनीहरुको महान पर्व तिजलाई मध्य नजर राखेर बजारमा यति बेला तिजका गित सार्वजनिक हुने क्रम चलिरहेको छ । केहि वर्ष यता तिज पर्वको अबसरमा आफना एल्वम सार्वजनिक गर्दै आएकी गायिक शिलु भट्टराईले पनियस वर्षको तिज पर्वमा पनि निकै पुरानो “भंगेरी चरीले मैदानैमा लरिलरल” चर्चित भाकालाई बजारमा ल्याएकी छन् ।
धेरै वर्ष पुरानो पश्चिम क्षेत्रमा निकै प्रचलित भाका “भंगेरी चरीले मैदानैमा लरिलरल” भन्ने तिजको गित नेपालको पश्चिम क्षेत्रमा निकै प्रचलित थियो । उक्त गित गाएपनि तिजको बेला नाच हेर्न गएका जो कोहिलाई पनि नच्न मन लाग्ने गाउको एकदमै प्रचलित भाकालाई पुन लय तथा शब्द संकलन गरेर गायिका शिलु भट्टराई र गायक एवं मोडल कृष्ण बाबुले बजारमा ल्याएका छन् ।
धेरै वर्ष पहिले देखि तिजको बेला नारी बेदनाले भरिएको कथा बस्तुमा गाउँमा उक्त भाकाले निकै स्थान पाउने गर्दथ्यो । पुरानो भाकालाई संरक्षण गर्दै केहि नयाँ शब्द भरेर बजारमा ल्याएको गायिका भट्टराईको बताइन । हाम्रा गाउँमा गाउने यस्ता भाकाहरु यसै पनि चर्चित छन् तर यसलाई संरक्षण गर्नु र अहिलेका पिडिलाई तिजका गित भनेका यस्ता हुन्छन भन्ने सन्देस दिने गायिका भट्टराईको भनाई छ । पुरानो गितलाई केहि नयाँ लय शब्लमा बजारमा आएको र यो गित धेरै दर्सक श्रोताको मन जित्ने गायिक भट्टराईले बताइन ।
उक्त गितमा गायक खुमन अधिकारी र शिलु भट्टराइको स्वर रहेको छ भने लय संकलन खुमन अधिकारी र शब्द संकलन कृष्ण बावुले गरेका छन् । एस के म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गीतको भिडियोमा कृष्ण बावु, राज केसी, बविता कंडेल, उषा नेपाल र हांस्य कलाकार उज्ववल गिरीको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend