logo
  • शुक्रबार, साउन ८ २०८३

रेसुङ्गा माविद्धारा गरिव तथा विपन्न विधार्थीलाई छात्रवृति वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ २९ ।
रेसुंगा मावि तम्घास गुल्मीले रेसुंगा छात्रवृति वितरण गरेको छ । बिद्यालयका ७० जना गरिव तथा विपन्न परिवारका बिद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।
resunga
बिद्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर, स्थानीय विकास अधिकारी डिलाराम पन्थी र जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले मंगलबार बिद्यार्थीका अभिभावकहरुलाई प्रदान गरे कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई २ हजार ५ सय र ६ देखि १० सम्मका बिद्यार्थीलाई ३ हजारका दरले नगद तथा बिद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरिएको बिद्यालयका प्रध्यानाध्यापक प्रेम भण्डारीले जानकारी दिए ।

छात्रवृति स्थापना गर्ने अभियान्ता इश्वरजंग कुवंर र पुर्व बिद्यालयकै शिक्षिका अमृता देवि कुवंरले आफुहरु र पुर्व बिद्यार्थीहरको सानो प्रयासमा अहिले सम्म सहयोग गर्ने सवैलाई धन्यबाद दिए । साथै यो पवित्र काममा सदासयता देखाउन सवैलाई आग्रह गरे । उनीहरुको प्रयासमा १ लाख ८६ हजार संकलन भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर, स्थानीय विकास अधिकारी डिलाराम पन्थी र जिल्ला शिक्षा अधिकारीले गरिव तथा बिपन्न परिवारका बिद्यार्थीको शैक्षिक विकास टेवा पुराउने कुवंर परिवार लगायत सवैमा धन्यबाद व्यक्त गरे ।

कार्यक्रमममा पुर्व तथा बर्तमान बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष, पदाधिकारी, अभिभावक एवं शिक्षक बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रम बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष गुमानसिंह थापाको अध्यक्षता तथा प्रध्यानाध्यापक प्रेम भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend