logo
  • शुक्रबार, साउन ८ २०८३

बालकृष्ण ‘उग्रतारा’ स्मृति पत्रकारिता पुरस्कार थापालाई


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

Rudra-Bahadur-thapaकविता घर्तीमगर, पोखरा आषाढ २९।
प्रत्येक वर्ष उग्रताराको वार्षिक स्मृति दिवस साउन २० गते प्रदान गरिने पत्रकार बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार पत्रकार रुद्र बहादुर थापा मगरलाई प्रदान गरिने भएको छ ।

उग्रतारको परिवारद्धारा स्थापित उक्त पुरस्कार तिलक पराजुलीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिले सिफारिस गरे बमोजिम पत्रकार थापालाई सम्मानित गर्न लागिएको सो पत्रिकाका प्रधान सम्पादक जमुना बर्षा शर्माले जानकारी दिएकी छन् ।

वि.सं. २०४३ सालबाट अवलोकन दैनिकमार्फत पत्रकारिता शुरु गरेका थापा हाल पोखराबाट प्रकाशित हुने आर्दशसमाज दैनिकमा सह–सम्पादकको रूपमा कार्यरत छन् । पुरस्कार कम्तिमा पश्चिमाञ्चलमा १५ वर्ष पत्रकारिता गरेकालाई प्रदान गर्ने गरिएको छ ।

यस अघि उक्त पुरस्काबाट पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोला शर्मा, कास्कीका नवराज सुवेदी र नारायण कार्की सम्मानीत भैसकेका छन् । पोखरा एक्सप्रेस पत्रिकाले संचालन गर्दै आएको उक्त पुरस्कारको रु दुई लाख एक हजार एक सय एघार अक्षयकोष तथा रु बीस हजार एक सय एघार नगद राशी सहित सम्मान पत्र र दोसल्ला रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend