logo
  • शुक्रबार, साउन ८ २०८३

पोखरामा प्रहरी हाम्रो साथीकै दिन कुटिए पत्रकार


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कविता घर्ति मगर, पोखरा आषाढ २९ ।
सोमबार प्रहरी हाम्रो साथी अभियानकै दिन पत्रकार नारायण शाही प्रहरीद्धारा कुटिएपछि मंगलबार शाहीमाथि आक्रमण गर्ने प्रहरीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले लिखित निर्देशन दिएको छ । जिल्ला प्रहरी प्रमुख घनश्याम अर्यालले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारीलाई विहान पत्र लेखि कारवाही गर्न निर्देशन दिएका हुन् ।

दोषी प्रहरीलाई कारवाहीको माग गर्दै गएको पत्रकारको टोलीलाई प्रहरी ऐन २०७१ अनुसार कार्बाह गर्ने अर्यालले बताएका थिए । पोखराको गण्डकी टेलिभिजन र आदर्श समाज दैनिकमा कार्यरत पत्रकार शाही एउटा मोटरसाईकल र बसबिचको विवादको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पुगेका पत्रकार शाहीमाथि प्रहरी सहायक निरीक्षक पूर्णबहादुर अधिकारी तथा काजीमान खत्रीले शाहीमाथि हातपात गर्दै दुव्र्यवहार गरेका थिए ।

आफुमाथि दुव्र्यवहार र हातपात भएको कुरा जानकारी गराउँदा पनि ट्राफिक प्रहरी प्रमुख विश्व अधिकारी मौन बसेको तथा सवाललाई अर्कैतिर मोडेर घटनालाई गुपचुप राख्न खोजेका थिए । सो कुराको जानकारी गराउँदा एस पी अर्यालले आश्चर्य व्यक्त गरे ।

शाहीमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गर्दै शाहीमाथि नेपाल पत्रकार महासंघ, कास्की, प्रेस सेण्टर नेपाल कास्की, गण्डकी टेलिभिजन लगायतले छुट्टा छुट्टै विज्ञप्ति निकालेर घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend