साझा नेटवर्क
बिमल खड्का बाग्लुङ आषाढ २९।
रेडियो परिवर्तन बाग्लुङ्ले पत्रकार आपत रामजालीको सम्झनामा तेस्रो स्मृति दिवस मनाएको छ । जनसञ्चार सहकारी संस्था लि तथा रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रममा रेडियोका शेयर सदस्य रेडियो स्टाफ तथा सहकारीका कर्मचारीहरुले पत्रकार रामजालीको फोटोमा माल्र्यापर्ण गर्दै उनको संझनामा एक मिनेट मौनधारण गरिएको थियो ।
यसैबीच पत्रकार रामजालीको थिए, उनले रेडियोमा कस्तो योगदान दिए भन्ने सन्दर्भमा रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले बोल्नु भएको थियो । पत्रकार रामजाली प्रति श्रद्धाशुमन व्यक्त गर्दै स्टेशन म्यानेजर सुवेदीले, काम प्रतिको निष्ठा, व्यवहारिक पक्षको इमान्दारिता र लगनशील असल मित्र गुमाएकोमा दुःख व्यक्त गर्दै उनीबाट धेरै राम्रा पक्षहरु अनुसरण गर्नु पर्ने बताउनु भयो । रामजालीको याभेगदानलाई रेडियोले भुल्न नसक्ने भन्दै अरुले पनि उनीबाट सक्षमता, निष्ठा र लगनशीलताका कुरा सिक्न सक्नुपर्ने कुरामा ध्यान दिनु पर्ने बताउनुभयो ।
रेडियोका अध्यक्ष लोकेन्द्र सुनारले पत्रकार आपत रामजालीको निधनले रेडियोले एक असल सञ्चारकर्मी गुमाएको भन्दै उनी प्रति संस्थागत तथा व्यक्तिगत तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । अध्यक्ष सनारले, पत्रकार रामजाली रेडियोका एक होनाहार र सिर्जनशील सञ्चारकर्मी रहेको भन्दै उनीमा भएको बहु प्रतिभाशाली क्षमतालाई अरुले पनि अनुसरण गर्नु पर्ने बताउनुभयो ।
कुशल कार्यक्रम प्रस्तोता, समाचार वाचक र साहित्यिक कार्यक्रम प्रस्तुति रामजालीमा भएका महत्वपूर्ण र बहुप्रभाशाली क्षमता भएको भन्दै उनले रेडियोलाई दिएको योगदानको चर्चा गर्नुभएको थियो । यसै सन्दर्भमा रेडियोले यस वर्षदेखि पत्रकार रामजालीको संझनामा आफ्नो पाँचौं वार्षिकोत्सवका अवसरमा दुई जना पत्रकारलाई आपत रामजाली सिर्जनशील पत्रकारिता पुरस्कारले सम्मान समेत गरेको छ ।
सामुदायिक रेडियो परिवर्तनका तत्कालिन समाचार सहायक रामजालीको २०७० असार २८ गतेका दिन ब्लड क्यान्सरका कारण विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो । २१ वर्षको उमेरमा मृत्यु भएका पत्रकार रामजाली रेडियो परिवर्तनको स्थापना कालदेखि नै समाचार सहायकको रुपमा कार्यरत थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend