logo
  • शुक्रबार, साउन ८ २०८३

केपी ओलीलाई गाली गर्दैमा बन्दैन देश


  • काशी पाण्डे
  • शुक्रबार, साउन ८ २०८३

kasi-काशि पाण्डे, गुल्मी ।
कुनै पनि विश्लेषकले सजिलै भन्छ कि केपी ओलीको सरकार ज्यदै स्वभिमानी, राष्टवादी वा त्यस्तै के के तर वास्तमा स्वभिमानी वा जे नामले ओली सरकारको नामाकरण गरेपनि ओली सरकार निर्माण हुदा नै के धरातल वाट बनेको हो र कसका ईसारामा सरकार निमार्ण भएको हो भन्ने कुराले यसले के काम गर्दछ वा कसका पक्षमा काम गर्छ भन्ने कुराको निर्धारण गर्दछ । सरकारले कति जनको मन मस्तिकमा बास पायो, कुन वर्ग समुदायको घरमा बढी बास पायो, पहिला पहिलाको सरकारले गर्न नसकेका के कति विषयमा टृष्टि पुग्यो भन्नेले सरकारको वास्तविक स्वभिमानीताको तैल निर्धारणमा गर्दछ ।

ओली सरकारका केही कामको बारेमा संक्षित्त कुराकानी यहाँवाट सुरु हुन्छ ओली प्रद्यानमन्त्री हुनुअगावै मधेस आन्दोलन सुरु भइसकेको थियो । पछि आन्दोलनले निकै उग्र रुप लिदै गयो आन्दोलनमा देश भित्रका शत्ति तथा विदेसी शत्ति जोडतोडले लागे स्वदेशी शत्तिले सिमापारी वाट आक्रमण गर्ने र विदेशी शत्तिले नाकावन्दी गर्ने सम्मको काम भो र ६ महिना सम्म हामिले आफ्नो संविधान आफै बनाएवापत हामिले अमानविय नाकावन्दीको सामना गनु प¥यो ।

नाकावन्दी त ओली सरकारलाई मात्र नभएर समग्र नेपालीको लागी लगाईएको कुरा अहिले कतिपयले बिर्सेर ओलीलेनै नाकावन्दी लगाए जसरी लै यो सरकारले महंगी बढायो कालोवजारीया को पक्षमा सरकार लाग्यो भनेर पनि नियोजित रुपमा झुटा आरोपहरु लगाउन खोजियो । तर ति अरोप सत्य सावित हुन सकेनन् किनकी ओलीले गर्दा नाकावन्दी त लगाएको थिएन भारत ।

तर आरोप आरोपमा मात्र सिमीत भए पनि भारतले नाकावन्दी गरेर पहिला दिदै अत्याआवस्यक ओषधी , खाद्यान्न लगाएत पहिला आएको भन्दा पेट्रोलियम पदार्थ दश प्रतिशत पनि नदिएको अवस्थामा चोर वाटोवाट आएको तेलवाटनै हामिहरुले हर एम्बुलेस चलायौ कति मानिसको जिवन रक्षा भो कती मानिसका अत्यावश्यक काम भए त्यो चोर बाटो अहिले भन्दा गलत हो ।

तर उतिबेला उहि ठिक थियो किनकी त्यही दाजुभाइका कारणपनि हामि यो स्वभिमानलाई उचो राख्न केही हदसम्म काम गरेको भन्दा अतियुक्ति नहोला । यो सरकार कालोवजारीयाको संरक्षमा भन्दा नेपालीको स्वभिमान भारतसंग नझुकाइकनै आप्फना देशका समस्या आप्फै समधान गर्न सक्षम छ भन्ने गतिलो उदाहरणकै कारणले यो सरकारको आयु नै महिना मात्र भो भन्ने आम नेपालीले बुझाई छ ।

यदि यो सरकार कसैको जि हजुरी गरेको भए वा मधेसी मोर्चाले भनेझै सिंगो मधेसलाई आत्मनिर्णयको अधिकार सहित दुई प्रदेश बनाउन संविधान संसोधन गर्ने निर्णय ओलीले गरेको भए यो सरकार अझै केही महिना रहन पनि सक्यो तर देश रहने कि नरहने भन्ने यक्ष प्रश्नले यतिवेला हाम्रो निन्द«ा हराईदिन सक्यो ।

मधेसी मोर्चाले भनेझै सिंगो मधेसलाई आत्मनिर्णयको अधिकार सहित दुई प्रदेश बनाउने कुरा छोडेर संविधानमा छुटेका केही कुरा को संसोधनको बाटो लिएर ओलीले देश दुर्घटनावाट जोगाए । यदि मधेसीले उठाएको भारतिय माग पुरा गरेर यो सरकार रहनुको कुनै तुक नहुने ठानेरनै ओलीले बर्हिगमनको बाटो रोजेका हुन । यि सव गरेर म भारतिय प्रधानमन्त्री हो कि नेपालको प्रधानमन्त्री हो भनेर एकचोटी आफुले आफैलाई चिमोन्नु भन्दा नेपालीको शिर उठने गरि स्वभिमान बचाएर नेपालीको हितको बारेमा बोल्नु र गर्नु नै हितकोर हो र गरेपनि त्यही …

उनले अहिलेसम्मका कुनै प्रधानमन्त्री वा राजा माहाराजाले नगरेको वा गर्न नदिएको चिनसंगको पारवाहान सम्झैता गरि नेपाललाइ भारतवेष्टिक वाट भुपरिवेष्टिक राष्ट्रको रुपमा बल्ल दर्ज गराए नत्र त हामि खाली भारतवेस्टिक मात्र भईरहथै । यो कामले भर्खरको भर्खरै सवै नेपालीलाई सात्वना वाहेक केही त दिदैन तर दिर्घकालीन रुपमा कुनै एक देशले नाकावन्दी ग¥यो वा दुख दियो भने अर्को छिमेकी वाट मलामपट्टि लगाउने काम त गर्छ नै ।

यसले देश विकासको स्पस्ट खाका कोरेको बजेट, शिक्षा नितीमा परिर्वतन , रेल लगाएतका क्षेत्रमा आँखा देख्नु, विदेशिएका युवा जगतलाई आशा को ज्योती वाली नेपालमै उद्योगधन्दा को विकास, खानी तथा प्रेट्रोलियमको उत्खनन गर्न अध्यायन गर्नु, युरेनियमको अध्यायन, समुन्द«मा पनिजहज चलाउने सपना देख्नु र सोही अनुसार कामको सुरु गर्न खोज्नु लगाएतका कामको सुरु गर्ने ओली सरकारका सकरात्मक पक्ष नै मार्नु पर्दछ ।

यतिवेला ओली सरकारलाई गाली गरेर केही हुनेवाला छैन बरु ओली नेतृत्वको सरकारले सुरु गरेका महत्वपुर्ण विकास निर्माणका कुराको निरन्तरताको लागी आफनो उर्जाशिल समय खर्च गरौ यसैमा हामि सवै नेपालीको भलो हुनेछ । अन्यथा सतिले सरापेको मुलुक भन्दै बस्दै गर्नुको कुर्न तुक रहने छैन ।

गर्न चाहानेहो भने ओलीले देश विकाको सामान्य खाका ९ महिनामै कोरेर देखाए अवको प्रधानमन्त्रीलाई खाका कोर्न समय चाहिदैन उसले त सरासर काम गरे पुग्छ । नयाँ बन्ने प्रधानमन्त्री लाई अग्रिम शुभकामना …..

लेखक अनेरास्ववियु केन्द्रिय निर्वाचन आयोगका सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend