logo
  • शनिबार, साउन ३० २०८३

“मापसे, महंगाई र मन्त्री गरिबीको मुख्य कारण “


  • हिम शिखर
  • शनिबार, साउन ३० २०८३

-हिम शिखर ।
जब सुरज ढल्छ , साँईलीको भट्ठीमा जाँड, रक्सी र चुरोट दनादन चल्छ । यी सबै चिज नेपाली समाजमा नभई नहुने तत्व बनेका छन् । दिनभरी धन कमाउने अनि साँझ पर्यो सबै पैसा भट्ठी मालिक लाई थमाउने, अनि कहाँ बाट हुन्छ गास, वास अनि कपासको प्रवन्ध त्यसै कारण बढने गरेका छन् सामाजिक अपराध र घरेलु झैझगडा र मनमुटावहरु,अनि निम्तिरहन्छन् महामारी र अकाल मृत्युहरु । एकतर्फ रुढिवादी परम्परा बाट ग्रसित समाज छ भने अर्कोतर्फ तिव्ररुपमा फैलिदै गएको पश्चिमेली छाडा संस्कृति । वर्तमान अवस्थामा समाज मादक पदार्थ सेवन युवा देखी वृद्ध सम्म व्यप्त छ । जस्ले गर्दा समाजका व्याक्तिको फिजुल खर्च यति बढेको छकि जस्को पुर्ति समाजका व्याक्तिहरुको दैनिक आयले पुग्दैन । त्यसैकारण समाजमा गरिबीको खाडल दिनहु बढ्दै गईरहेको देखिन्छ ।
*अर्को कारण हो महंगाई* 
देश एक दशक सम्म गृहयुद्ध बाट ग्रसित भयो जसले गर्दा देशको अर्थतन्त्र विस्तारै खिस्कदै गयो । बिचमा विश्वव्यापी मन्दीको कारणले घरेलु उत्पादनमा पनि कमि आयो । मानिसहरु पनि खेति किसानी गर्न छोडेर वैदेशिक रोजगारी तर्फ भाग्न थाल्यो । कृषिप्रधान देश हुदाहुदै पनि सरकारले वैज्ञानिक कृषि प्रणाली लागु गर्न नसकेर उत्पादन पनि कम नै हुने गर्दछ । त्यसैमा पनि देशभित्रका कालाबजारी गर्नेहरु र चालाक ब्यापारिहरुले खुलै निर्यात गर्दछन् । देशमा दैनिक उपभोग्य वस्तुको कमिले बाहिर बाट महंगो आयत गर्नु परेको छ । जस्को मुल्य यति धेरैछकि आम गरिब जनतालाई दुईछाक टार्ने खाद्यान्न जुटाउन धौ धौ परिरहेको छ ।

*अर्को मुख्य कारण हुन् मन्त्रीहरु*
मन्त्री भनेका जनताका प्रतिनिधि हुन्छन् । जनताले देशलाई विधिवत ढङ्गबाट अगाडी बढाउन, देशको रक्षा गर्न, देशका जनताका हरेक समस्याहरु समधान गर्न भनि चुनाब द्धारा जिताएर पठाएका हुन्छन् । मन्त्रीहरु भने जनता लाई चुनावको दौरान गुलिया आस्वासन दिएर भोट माग्छन् । जनताका हरेक समस्या समधान गर्ने बाचा गर्छन तर आज सम्मको इतिहासमा नेपालका कुनै पनि नेताले समाजविकाशमा उल्लेखनीय योगदान दिएको कहिं कतई सुन्न र देख्न पाईएको छैन ।

प्रजातन्त्र भनेको जनता द्धारा 
जनताहरुको र जनताको लागी बनाइएको विधि हो । तर दुर्भाग्यवश त्यो मन्त्रीद्धारा, मन्त्रीहरुको र मन्त्रीको लागी बन्यो । आजपनि जनतालाई मन्त्रीहरुको आश भयो ,मन्त्रीहरुको गगनचुम्बी महल र वातानुकुलित कोठामा वास भयो। मुट्ठीभर अमिरहरु झनपछि झन आमिर बन्दैछन् । रातदिन खुनपसिना बगाउनेहरु दिनप्रति दिन कङ्गाल बन्दैछन् । देशलाई र समाजलाई सहि दिशा र गति दिने युुवा शक्ति जो वेरोजगार छन् उनिहरु या त अपराध या अमानवीय तथा गैरकानुनी काममा संलग्न छन् । या त मापसे मादक पदार्थ सेवनका शिकार छन् ।

जो शिक्षित र जागरुक युवाहरु छन उनिहरु वैदेशिक रोजगारी मा देश वाहिर जिविकाको लागी ब्यस्त छन् । अब कसले देला देश र समाज लाई अग्रगति ? कहिले आउलान् नेपाली जनता का सुख, शान्ति र समृद्धि का दिनहरु ? यी सबै प्रश्न अनुत्तरित छन् । के यी प्रश्नहरुले जवाफ पाउलान त ?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend