logo
  • शनिबार, साउन ३० २०८३

जनसम्पर्क समिति हिरोसिमाको अध्यक्षमा नन्दलाल गैरे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

संगिता कुवँर, टोकियो आषाढ २८।
नेपाली जनसम्पर्क समिति हिरोसिमा चुगोकु क्षेत्रको तेस्रो अधिवेशनले नन्दलाल गैरेको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ। समितिका उपसभापतिमा दयाराम कँडेल, सचिवमा सुमन कँडेल, सहसचिव शिव प्रसाद कँडेल, कोषाध्यक्षमा धनिश्वर अर्याल निर्विरोध चयन भएका छन् । नन्दलाल गैरे एनआरएनए जापानका केन्द्रिय सदस्य समेत हुन।

received_979979845456232सदस्यहरुमा दिपक आचार्य, हरि प्रसाद कँडेल, दुर्गा न्यूरे, डिलमाया गैरे, प्रेम आचार्य, भगवती सुवेदी, लक्ष्मी रिजाल र कमल गैरे रहेका छन्। अधिवेशनले सल्लाहकारमा अन्नत रिजाल, भिमलाल गैरे र रवि वराल चयन गरेको छ । हिरोसिमा क्षेत्रको अधिवेशन संगै क्षेत्रीय अधिवेशन सबै क्षेत्रमा सम्पन्न भैसकेको छ ।

तोचीगी र होक्काईदो क्षेत्रमा भने अब हुने केन्द्रिय समितिले पश्चात नँया समिति गठन गर्ने छ । बर्तमान महामन्त्री राजेन्द्र जमरकट्टेल ,उपसभापति द्धय डण्डपानी कडेल र पुस्करजँग थापा,महाधीबेसन प्रतीनिधी रोशन केसी,सुबास लोहनी,पासाङ शेर्पा,निबर्तमान संयोजक भुपी गोबीन्द श्रेष्ठ लगायतका आकाङ्क्षी देखिएका छन्।

जनसम्पर्क समिती जापानको केन्द्रीय बिधान सभा अगष्ट १४ निर्वाचन २१ र २४ मा घोषणा सभा गरी तिन चरण मा सम्पन्न गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend