logo
  • शनिबार, साउन ३० २०८३

समय सान्दर्भिक तिजको कोशेली पंखा चलाइदेउ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बाबुराम सिग्देल, युएई आषाढ २८।
जब महिलाहरुको महान चाड तिज लाग्न सुरु हुन्छ कलाकारहरु धमाधम तिजको गित निकाल्नमा ब्यस्त हुने गर्दछन । हरेक कलाकारको गित छुट्टा छुट्टै हुने गर्छ कुनैले चल्दै आएको पुरानो हिन्दु प्रथालाई समेटेर एल्बम निकालेका हुन्छन् त कुनैले नयाँ अहिलेको प्रथालाई समेट्छु भन्दा बिवादमा पनी मुछिन जान्छन कसैले पुरानो प्रथा र समयानुसार अथवा मौसम अनुसार एल्बम निकालेका हुन्छन् ।
jks...
कलाकारहरु यतिबेला दोहोरीको एल्बम भन्दा तिजको एल्बममा बढी ब्यस्त देखिएका छन् । त्यस्तै ऐलेका जल्दाबल्दा नेपाली लोकदोहोरी क्षत्रका नायक भनेर चिनिने चर्चित गायक खुमन अधिकारी र चर्चित लोक गायिका जुन तिजको समयमा उनका आवाजले सजिएका तिज कोसेली हरेक बर्षमा सार्वजनिक हुने गर्दछ उनी हुन् मिठो स्वरकी धनी गायिका रमिला न्यौपाने । यी दुवै जोडीले हरेक बर्ष तिज कोसेली श्रोताहरु माँझ सार्वजनिक गर्ने गर्छन् ।

जब खुमन अधिकारी र रमिला न्यौपानेको संयुक्त आवाजले सजिएको गित सुन्दा छुट्टै आनन्द मिल्ने गर्छ । त्यस्तै ऐलेको तिजमा पनि समयानुसार र तिजको माहौलमा मिल्दोजुल्दो गर्मीको मौसमलाई पनी समेटेर तिज कोसेली पंखा चलाइदेउ नामक गितीएल्बम सार्वजनिक गरेका छन् । नेपालमा ऐले हुँदै आएको समस्या बिजुली न हुँदा मानिसले दु:ख भोग्न पर्ने बाध्यता र लोडसेडिङको कष्ट बेहोर्न पर्ने साथै पंखा बिना टिक्न न सकिने र तिज पनी गर्मीकै महिनामा भएको हुँदा संदेशमुलक समय सान्धर्विक एल्बम सार्वजनिक गरेका हुन् ।

तिर्सना म्युजिकको प्रस्तुतिमा रहेको उक्त्त एल्बम पंखा चलाइदेउमा गायक गायिका दुवैजना गर्मीले छटपटाइरहेको अनुभुती गर्दै एकापसमा पंखा चलाइदेउ भन्दै आग्रह गरेका छन् । सोही गितमा सर्जक बाबुराम बोहोराको शब्द शंकलन रहेको छ भने लय गायक खुमन अधिकारीको नै रहेको छ त्यस्तै भिडियो तर्फ चर्चित निर्देशक शंकर बि.सी ले निर्देशन गरेका छन् भने जान्वी बोहोरा र महादेव त्रिपाठीले जोडदार भूमिकामा अभिनय गरेका छन् ।

गायक  अधिकारीको गायनमा सुरुवात
स्याङ्जा जिल्ला कृष्ण गण्डकी वडा नम्बर ७ मा जन्मिएका गायक खुमन अधिकारी सानै उमेरदेखी गीतसंगीतमा रुची राख्दै २०६३ सालबाट आफ्नो गायन यात्रा सुरु गरेका हुन् । उनको पहिलो गित ईश्वर पनी देब्रे परेछन बोलको सिता पौडेलको शंकलनमा रहेको गित उनले पहिलो रेकर्ड गराएर क्रमिक रुपमा चर्चित बन्दै गए ।

क्रमसः दोश्रो अर्को दोहोरी एल्बम मनको देउतैले नरोउ भन्ने हजारौं भेटिए रुवाए यौटैले बोलको गित जुन चर्चित सर्जक राजकुमार बगरको शंकलनमा रहेको थियो त्यसै बाट उनी झन् चर्चित हिट हुन पुगेर तेही गितबाट उनलाई गायक खुमन अधिकारी भनेर पनि चिनाउन सफल भयो र दर्शक श्रोताहरुले पनी अतिनै मन पराएका थिए ।

अहिले उनलाई गित गाउनमा भ्याइनभ्याइ छ दोहोरी गित त उनको गिन्ती गरी साध्यनै छैन हजारौं अनगिन्ती गाएका छन् भने तिजको गित पनि अनगिन्तीनै गाएका छन् । उनले तिजको गित सुरुवात पनी प्रजापती पराजुलीको शंकलनमा रहेको एल्बम बाटनै गरेको बताएका छन् भने ऐले पंखा चलाइदेउ पनी २०७३ सालको पहिलो एल्बम रहेको र अझै २०,२२ वटा गित रेकर्ड गरीसकेको र बजारमा आउने तयारीमा रहेको बताएका छन् ।

गायिका न्यौपानेको गायनमा सुरुवात
सिन्धुपाल्चोक जिल्ला बाडे गाउँ वडा नम्बर ३ मा न्यौपाने परिवारको कान्छी छोरीको रुपमा जन्मिएकी मिठो स्वरकी धनी गायिका रमिला पनी सानै उमेर देखी गीतसंगीतमा रुची राख्दै बिगत १० बर्ष अगाडी देखी निरन्तर गायनमा लागी परेकी हुन् ।

उनले पहिलो दोहोरी एल्बम अचम्मै भयो बाट गायन क्षत्रमा सुरुवात गरेकी हुन् त्यसपछी क्रमिक रुपमा चर्चित बन्दै गएकी हुन् । मैले तिमीलाई रोजी सक्या छु, आँखा मारी मारी, मेड इन नेपाल, झम झम दर्कियो पानी, फँसे नराम्ररी फँसे, लगयत अन्यदर्जनौ एल्बममा आवाज दिएर दर्शक श्रोताको मन जित्न सफल भएकी हुन् ।

त्यस्तै उनको पहिलो तिजको एल्बम आज त भेट्न आउँदिन है कालु बोलको गित बाट सुरुवात गरेकी हुन् सोही गितलाई दर्शक श्रोताले पनी धेरैनै मन पराइदिए र तिजमा उनको छुट्टै पहिचान बनाउन पनी तेही गितले साथ दियो । त्यसपछी क्रमिक रुपमा धमाधम तिजका कोसेलीहरु शिव जि सँग शरण म पर्दछु, ॐ शिब शंकर भोला, आशिर्वाद माग्छु, मेरो त मायाँले काठमाडौंमा ट्याक्सी चलाउने उनका पुराना एल्बम हुन् भने पंखा चलाइदेउ छैटौं एल्बम हो ।

भिडियो हेर्न तल गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend