logo
  • शनिबार, साउन ३० २०८३

नमस्ते नेपाल कतार शाखाले भवन निर्माणार्थ सांस्कृतिक कार्यक्रम गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, कतार आषाढ २८।
नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा कतारले अगस्ट ५ गतेका दिन नेपाल देखि रास्ट्रीय स्तरका कलाकारहरुको साथमा  ग्रीन भिलेज रेस्टुरेन्टको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
viber image११

नमस्ते नेपाल हातेमालो सामाजिक सामाजिक संस्थाक भवन निर्माणार्थ गर्न लागिएको सो कार्यक्रम कतार साखाको पहिलो प्रस्तुति हो । नेपाल बाट चर्चित लोकदोहोरी गायिका रिता के.सी. र आफ्नो कर्मभुमि युएई बनेका लोक दोहोरी गायक गोपीकृष्ण पंगेनी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ हुन लागेको सो कर्यक्रममा बसन्त फिल्मस् प्रा.लि. बिशेष सहयोगी संस्था रहेको छ ।

बिश्वभरी आजिवन सदस्य संख्या २४० रहेको सामाजिक संस्थाको केन्द्रिय कार्यलय काठमाडौ रहेको र संस्थाले इजरायल,कतार गरि दुई देशमा शाखा बिस्तार गरेको छ । अक्टोबरमा का. मा . न. पा.१४ तार्केश्वर काठमाडौंमा भवन शिलान्यास गर्दै तिन दिने पुराण बाचन सहितको कार्यक्रम रहेको जानकारी शाखाका अध्यक्ष रमेश दर्नालले जानकारी दिएका छन्। भवन निर्माणको सिलसिलामा व्यापक प्रचार प्रसार एवम सहयोग अभियान तिब्र पारेको सामाजिक संस्थाले दोहा कतारमा यसपटक “बिबिध सांस्कृतिक कार्यक्रम २०७३” आयोजना गर्न लागेको हो ।

कार्यक्रम स्थानिय कलाकारको सम्मान,नेपाली गित सगितको उच्च मुल्यांकन भन्ने अभियानका साथ रास्ट्रीय कलाकारहरु एवं एक दर्जनभन्दा बढी स्थानीय कलाकार सहित गर्न लागेको सो कार्यक्रम भवन निर्माणका निमित्त आयोजना गरेको र सो कार्यक्रम सफल पारिदिनु हुन दोहामा रहेका सम्पुर्ण सघ संस्था, समाजसेवी र सन्चारकर्मी एवम पत्रकारहरुलाई अनुरोध सहित संयोजक लिला अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend