साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा आइरहेका छन । कलाकारहरुलाई यतिबेला तिजको चटारोले निकै व्यस्त बनाएको छ । तिजलाई मध्य नजर गर्दै चर्चित मोडल तथा गायिका शान्ति भण्डारीको तिजको कोशेली “मैले रोजेको” सार्वजनिक भएको छ । कामना डिजिटल प्रा.ली.को प्रस्तुतिमा उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गित सङ्गीतमा चर्चित बनेकी गायिका तथा मोडल भण्डारीका गीतहरु केहि वर्ष देखि श्रोताहरुले सुन्न तथा भिडियो हेर्न नपाएको गुनासो गरिरहन्छन । लामो समय देखि अमेरिकामा बस्दै आएकी भण्डारी गित सङ्गीतबाट टाढा भने पक्कै गएकी होइनन । अमेरिकामा रहेपनि उनि विभिन्न देशमा आयोजना गरीएका सास्कृतिक कार्यक्रममा सहभागी हुदै आएकी छिन ।
एकनारयण भण्डारीको लय तथा शब्द रहेको उक्त तिजगीतमा चर्चित लोक तथा दोहोरी गायक राजु ढकाल र गायिका तथा मोडल शान्ति भण्डारीको स्वर रहेको छ । बब्बु थापाले निर्देशन गरेको गितको भिडियोमा गायिका तथा मोडल भण्डारी र गायक राजु ढकालले अभिनय गरेका छन । उक्त गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन तथा मिलन विकले सम्पादन गरेका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend